काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको खेलकुद क्षेत्रको विकासका लागि झण्डै ८० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
सोमबार नयाँ आर्थिक बर्षको बजेट बिनियोजन गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासमा ७९ करोड १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो ।
सात वटा प्रदेश मध्य खेलकुद क्षेत्रमा सबैभन्दा धेरै बागमती प्रदेश सरकारले बजेट बिनियोजन गरेको हो ।
प्रदेश सरकारले खेलकुद पूर्वाधारका बहुबर्षीय तथा क्रमागत आयोजनालाई निरन्तरता दिदै स्थानीय तहमा खेल मैदान निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।
यस्तै, खेलाडीकोे क्षमता विकास, स्थानीय खेल प्रवद्र्धन, प्रदेश स्तारीय खेलकुद प्रतियोगिता एवम् राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको हो ।
अन्य प्रदेशको तुलनामा बागमती प्रदेशको नयाँ आर्थिक बर्षको बजेटको आकार समेत ठुलो छ । सोही अनुसार प्रदेश सरकारले खेलकुदमा ठुलो रकम बिनियोजन गरेको हो ।
संघीय सरकारले समेत युवा तथा खेलकुद मन्त्रालयलाई मात्र २ अर्ब ३६ करोड रुपैयाँ बिनियोजन गरेको छ ।