काठमाडौं । प्रदेश नम्बर ५ सरकारले दुई रंगशालालाई प्राथमिकतामा राख्दै नयाँ आर्थिक बर्षको बजेट विनियोजन गरेको छ ।
मुख्य मन्त्री शंकर पोखरेलले सोमबार नयाँ आर्थिक बर्षको बजेट बिनियोजन गर्दै खेलकुद क्षेत्रतर्फ निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरशिंह रंगशालालाई साफ स्तरको बनाईने बताए ।
दुवै रंगशालाको स्तरोन्नती गर्ने उल्लेख गर्दै प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ ।
प्रदेश सरकारले मुख्यमन्त्री रनिङशिल्ड लगायतका खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरशिंह रंगशालालाई साफ स्तरको बनाउन १२ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको जानकारी दिएको छ ।
यस्तै, रुकुम पूर्वमा उच्च हिमाली खेल संरचना निर्माण गरि पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन गर्न समेत प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिएको छ ।