काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा विवादमा तानिएका छन् । एक अनलाईनमा दिएको भिडियो संवादलाई लिएर एन्फा अध्यक्ष शेर्पा विवादमा तानिएका हुन् ।
तराईमा सञ्चालन गरिएको ग्रासरुट फुटबलले राष्ट्रियता बलियो हुन सघाउ पुर्याउने आशयको अभिब्यक्ती दिएका थिए ।
प्रसंगमा उनले भनेका छन्, 'नेपाल आर्मीसंग मिलेर तराईका चार जिल्ला (सप्तरी, सिराहा, धनुषा, महत्तोरी)मा ग्रासरुट सुरु गरेका छौ । किन गर्यौ भन्दा खेरी दुई कारणले गर्यौ । पहिलो तराईका बच्चालाई फुटबलतर्फ आकर्षित गर्न र अर्को कुरा राष्ट्रिय सिकाउनका लागि । तराईतिर जादाँ खेरी राष्ट्रियताको फिलिङ अलिकती कम छ । आर्मीसंग ग्रासरुटको कार्यक्रमको प्रशिक्षण सिक्न आउँदा, आर्मीको ब्यारेकमा आउँदा, राष्ट्रिय गित गाउने, नेपालको बिषयमा चर्चा हुने र फुटबलका माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले काम गरिरहेका छौ ।'
साेही भनाईलाई लिएर संघीय संसदको बुधबारको बैठकमा जनता समाजवादी पाटी नेपालका सांसदले आपत्ती जनाए । सुन्य समयमा बोल्दै सांसद बिमल प्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाको भनाईले नेपाली समाजमा विभेदको विजारोपण गरेको बताए ।
उनले मधेशीलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउन लागिएको भन्ने शेर्पाको अभिब्यक्तीलाई छानविन गरेर आवश्यक कारबाही गर्न माग गरे ।
तर एन्फा अध्यक्ष शेर्पाले बिषयलाई तोडमोड गरेर अतिरञ्जित गरिएको प्रतिक्रिया दिएका छन् ।
‘भनाई तोडमोड गरेर षडयन्त्रको गरिएको छ । यसको भण्डाफोर हुनेछ ।’ उनले भने । उनले घटनाको कानुनी रुपमा जवाफ दिईने बताए ।
अध्यक्ष शेर्पाले आफ्नो पुरै भिडियो हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् । ‘पुरै भिडियो हेर्दा हुन्छ । काटछाट गरेर गलत गरिकाले प्रचार गर्न खोजिएको छ ।’ उनले भने ।
उनले मधेशको राष्ट्रियताको सवालमा कहिल्यै प्रश्न नगरेको भन्दै आफुले राष्ट्रियताको भावना बलियो बनाउन निरन्तर लागिरहेको उल्लेख गरे ।
‘मधेशमै फुटबलको केन्द्र बनाउने उद्धेश्यले काम गरिरहेका छौ । महिला एकेडेमी बनाएका छौ । विभिन्न फुटबल परियोजना सञ्चालन गर्दैछौ ।’ उनले भने, ‘फुटबलको माध्यमबाट राष्ट्रियताको भावना बलियो बनाउने काम लागिरहेका छौ र लागिरहने छौ ।’