आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

'फुटबल ट्रयाकमा ल्याउन समय लाग्छ'

बुधबार, १४ जेठ २०७७खेलपाटी संवाददाता
'फुटबल ट्रयाकमा ल्याउन समय लाग्छ'
Loading ad...
mustang rice ad

काठमाडौं । एन्फाका लागि नयाँ अनुहार भएपनि फुटबलसंग मेरो सम्बन्ध पुरानै हो । फुटबलको केन्द्रिय स्तरमा बसेर काम गरेको नरेन्द्र श्रेष्ठको पालामा हो । त्यो समय प्रतियोगिता समितिको सह–संयोजकको जिम्मेवारी पाएको थिए । केन्द्रसंग जोडिएर जिम्मेवारीका साथ काम गरेको ४ बर्ष पुगेको छ । नरेन्द्र दाई (श्रेष्ठ)कै पालामा एन्फा छिरेको थिए । उहाँसंगै बसेर काम गरेको हुँ।

दुई बर्षअघि कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फा शुद्धिकरणको अभियानबाट म पनि प्रभावित भए । उहाँहरुसंग जोडिए । फुटबल परिवर्तनको नाराबाट प्रभावित भएर सम्पर्कमा पुगे । सबैलाई थाहा छ, नेपाली फुटबल २० बर्षदेखि एउटै नेतृत्वबाट चल्दै आएको थियो । फुटबलले परिवर्तन खोजेको जस्तो देखिन्थ्यो । जसले मलाई पनि प्रभावित बनाएको थियो । कर्माछिरिङ शेर्पाले नेपाली फुटबलमा जे नारा दिनुभयो, त्यसैमा हाम्रो सहयोग, समर्थन हो । नेतृत्वको हिसाबले कर्मा दाईले परिवर्तनका एजेण्डलाई संस्थागत गर्न सक्नुहुन्छ भन्ने विश्वास हो ।

एन्फा निर्वाचनको समेत दुई बर्ष पुरा भएको छ । म समेत केन्द्रिय सदस्यको जिम्मेवारीमा छु । सुरुवाती दुई बर्ष सन्तोषजनक काम भयो भन्ने लाग्छ । नेपाली फुटबल आवश्यक ट्रयाकमा नभएकाे जस्ताे देखिन्थ्याे । त्यसलाई सहि बाटोमा ल्याउन समय लाग्ने देखिएको छ । नेतृत्वको हिसाबले केही अलमल देखिन्छ ।

एन्फा नेतृत्वमा नयाँ अनुहार आएपनि धेरै योजनाहरु बाँकी थिए । नरेन्द्र (श्रेष्ठ)दाईको पालामा पारित भएका योजनाहरु सक्नुपर्ने चुनौती थिए । एन्फामा पैसाको अभाव थियो । विदेशी अनुदान बाहेक दशरथ रंगशालाको ‘गेट–मनी’ एन्फाको आयस्रोत हो । तर रंगशाला नहुँदा राष्ट्रिय–अन्तराष्ट्रिय प्रतियोगिता खेल्न र खेलाउन सकिएन । सुरुवाती बर्षमा नेतृत्वले आर्थिक चुनौतीनै धेरै ब्यहोर्यो । जे जति चुनौती थिए, सुरुवाती दुई बर्षमा भएका गतिविधि र प्राप्त उपलब्धि सन्तोषजनकै मान्नुपर्छ ।

एन्फाभित्र केही कमी कमजोरी र त्रुटी भएका हुनसक्छन्, त्यसलाई नेतृत्वले सुधार गर्दै अघि बढ्नुपर्ने हुन्छ । परिवर्तनका एजेण्डासंग बाँझिने कतिपय बिषय र व्यक्ति त्याग गरेर अघि बढ्नुपर्ने अवस्था छ । प्रशिक्षित नभएका र नपुगेका व्यक्तिलाई अझ सुधार गर्नुपर्ने छ । सबै ब्यक्तिलाई क्षमता अनुसारको जिम्मेवारी दिएर अघि बढ्नुनै नेतृत्वको मुख्य चुनौती देख्छु ।

संस्थागत सुधार र पारदर्शीताका लागि आर्थिक नियमावली बनेका छन्, कर्मचारी नियमावली बनेका छन् । त्यसलाई व्यवस्थित गर्दै कार्यान्वयनमा लैजानु आजको आवश्यकता हो ।

गतिविधिका हिसाबले धेरै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता पछिल्ला दुई बर्षमा आयोजना तथा सञ्चालन भएका छन् । महिला र पुरुष टिमले आफुभन्दा माथिल्लो स्तरका टिमसंग राम्रो नतिजा ल्याएका छन् । चाईचिज ताईपे जस्तो टिमलाई उसकै घरेलु भुमीमा हराउने नतिजा होस वा विश्वकप छनोटमा अष्ट्रेलिया जस्तो बलिया टिमसंगको प्रर्दशन, मैदानभित्र समेत विस्तारै परिवर्तनको संकेत देखिन थालेको छ ।

खेलाडी उत्पादनको मुख्य केन्द्र एन्फा एकेडेमीका काम निकै अघि बढेका छन् । पाँच बर्षदेखि बन्द भएका बुटवल र धरानका एकेडेमी सञ्चालनमा आएका छन् । दुवै एकेडेमीमा करिब ५०-५० बच्चाहरुले प्रशिक्षण गर्न पाएका छन्, पढ्न पाएका छन् ।

रौतहटको महिला एकेडेमी तयार भएको छ । एकेडेमी निर्माणमा केही प्रक्रियागत त्रुटि देखिएको हुन सक्छ तर महिला फुटबल विकास गर्ने नियत सफा छ । केही समयमा महिला एकेडेमीको प्रशिक्षण सुरु हुदैछ ।

त्यसैले पुराना बिग्रिएका कुरालाई ट्रयाकमा लैजान अलिकति समय लागेको हो । नेतृत्वले देखिएका केही कमी–कमजोरीलाई सच्चाउँदै, आफ्नो निर्णय क्षमतालाई अझ परिस्कृत गर्दै सबैलाई मिलाएर लैजानुपर्छ भन्ने लाग्छ । केही कमिकमजोरीका बाबजुत सुरुवाती दुई बर्ष नेतृत्वले सबैलाई मिलाउन खोजेको देखिन्छ । सबैलाई जिम्मेवारी दिएरै अघि बढ्न खोजेको देखिन्छ । अब बाँकी दुई बर्ष आक्रमक रुपमा नतिजामा केन्द्रित भएर अघि बढ्न आवश्यक छ । परिवर्तनको नारालाई सार्थक बनाउन सबैलाई समेटेर अगाडी बढ्नुनै आजको आवश्यक हो । यसले लक्ष्य प्राप्तिका लागि राखेको उद्धेश्य पुरा गर्न सकिन्छ भन्ने लाग्छ ।

फुटबल मेरा लागि सानै उमेरदेखि चासो र रुचिको बिषय बन्यो । ५७ सालदेखि मैलेपनि फुटबल खेल्न सुरु गरको हुँ । मेरो खेलाडी करियर क्लब, जिल्ला, क्षेत्रीय स्तरभन्दा माथि बढ्न सकेन । सानै उमेरमा ब्यवसाय हाँक्ने जिम्मेवारी काँधमा आईलाग्यो । त्यसपछि खेलाडी करियर अघि बढाउन सकिन । रहर, सपना भएपनि फुटबल छाड्न पर्ने अवस्था बन्यो । तर ब्यवसायमा लागेपनि आफ्नो क्लब गठन गरेर फुटबलसंग जोडिनै रहे । फुटबल गतिविधिमा क्रियाशिलनै बने ।

ब्यवसायमा मेरो क्षेत्र अस्पताल र हाेटल सञ्चालन हाे । एन्फामा पहिलो पटक महिला राष्ट्रिय टिमका लागि फिजियोको व्यवस्थापन मैलेनै गरेको हुँ । एन्फासंग जोडिएपछि मेडिकल टिमसमेत दिन थाले । लिग चल्दा एम्बुलेन्स उपलब्ध गराउन थाले ।

नेपाली फुटबलसंग कुनै न कुनै रुपमा संलग्न हुने चाहना थियो । सधैनै सकेको योगदान दिन सकु भन्नेनै लाग्छ । फुटबलबाट कुनै अपेक्षा छैन, केही लिनु छैन, सिवाय सन्तुष्टि । अरु आफुले जानेको, सिकेको, सकेको दिन पाउँ भन्नेनै लाग्छ । यसले दिने आनन्दले गर्दा फुटबलसंग जोडिन आईपुगेको हुँ ।

एन्फामा आएपछि उमेर समुहका राष्ट्रिय टिमको व्यवस्थापक भएर काम गर्ने अवसर पाए । तीन पटक उमेर समुहको टिमको म्यानेजर भएर काम गरे । प्राप्त जिम्मेवारी ईमान्दारिताका साथ पुरा गरे भन्ने लाग्छ । गुनासो आउने गरेर कुनै काम गरिन, पाएको जिम्मेवारी ईमान्दारिताकासाथ पुरा गरे भन्ने लाग्छ ।

अध्यक्षको रुपमा कर्माछिरिङ शेर्पा एक्लैले गरेरमात्र नेपाली फुटबलको विकास हुदैन । उहाँले क्रान्तिकारी टिम बनाएर नेतृत्वमा आउनुभएको हो । ठुला सपना र नारा सहितनै एन्फाको वर्तमान कार्यसमिति बनेको हो । तर अध्यक्ष एक्लैले गरेर दुई बर्षमै भनेको जस्तो नतिजा आउँछ भन्ने हुदैन । त्यो न्यायसंगत पनि हुदैन कि भन्ने लाग्छ । बिग्रिएका चिजलाई ट्रयाकमा ल्याउन केही समय लाग्छ । समय लागेकै पनि हो । निर्वाचनबाट आएको टिमको व्यवस्थापनमै केही समय लाग्यो । तर सबै पदाधिकारीको व्यवस्थापन, परिचालनमा र जिम्मेवारी प्रदान गर्ने बिषयमा नेतृत्वले पुन गम्भिर भएर सोच्नुपर्ने देखिन्छ ।

नयाँ अनुहारको रुपमा मैले फुटबलको बिषयमा धेरै बोल्ने समय भएको छैन । तर नेपाली फुटबलमा देखिएको सबैभन्दा नराम्रो पक्ष भनेको आफु रहुन्जेल सबै ठिक, आफु नभएपछि सबै बेठिक भन्ने जुन संस्कृति छ, त्यो निकै हानिकारक छ । हिजोको दिनमा आफु हुँदा सबै राम्रो, आज नहुँदा सबै नराम्रो भन्ने हुदैन जस्तो लाग्छ ।

पछिल्लो समय एन्फाभित्र आन्तरिक द्धन्द जस्तो देखिन पुगेको छ । नेतृत्व तहमा केही असमझदारी भएको हो कि जस्तो देखिन्छ । तर उहाँहरु बीच कित्ता काँट भएर जाने अवस्था छैन, हुनु हुँदैन । उहाँहरुले तय गरेको बाटोमै नेपाली फुटबल हिडिरहेको छ । उहाँहरुबाट नेपाली फुटबलले ठुलो अपेक्षा गरेको छ । सबै मिलेर नेपाली फुटबललाई हाँक्नु पर्छ । नेतृत्व तहमा देखिएको असमझदारीले नेपाली फुटबललाई राम्रो गर्दैन । अलग अलग भएर फुटबलले गति लिदैन । फुटबल लयमा जान सकदैन । नेतृत्वले असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नुपर्छ भन्ने लाग्छ । मिलेर अघि बढ्दा सबै पक्षलाई फाईदा पुग्छ ।

अन्तिममा, एन्फाभित्र फरक पृष्ठभूमी, फरक राजनीतिक विचार र दर्शनबाट प्रेरित मानिसहरु हुन सक्छन् । तर फुटबल परिवर्तनको अभियानमा हाम्रो एजेण्डा र नेतृत्वमा कुनै विमती छैन । यदी विचलित हुन खोज्यौ भने ईतिहासले कसैलाई माफ गर्नेछैन ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

सजग एनरिके

सजग एनरिके

Loading ad...
xTreme Energy Drink
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित