आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. एन्फा निलम्बनविरुद्ध थापाको अपिल

एन्फा निलम्बनविरुद्ध थापाको अपिल

२०२० मे २५, सोमबारनमीन ढकाल

एन्फा निलम्बनविरुद्ध थापाको अपिल

काठमाठौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बनमा परेका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अपिल गरेका छन् ।

एन्फाले गरेको निलम्बनको निर्णय विधान विपरित र त्रुटिपूर्ण रहेको भन्दै उनले राखेप सहितका निकायमा अपिल गरेका हुन् ।

उनले विधान र कानुनीविरुद्ध निलम्बन पत्रमा हस्ताक्षर गर्ने एन्फा महासचिवलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) मा पत्र दर्ता गराएका छन् ।

सोही ब्यहोराका पत्र थापाले राखेपसहित, फिफा, एएफसी र एन्फाको अपिल कमिटिमा दर्ता गराएका छन् ।

एन्फा दिवसका दिन बरिष्ठ उपाध्यक्षले ए, बी र सी डिभिजन क्लबकोे भाईबर समूहमा दिएको शुभकामनामा संस्थागत मर्यादा र हित विपरित जवाफ दिएको भन्दै थापालाई एन्फाले स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाको सचिवालय बैठकले साधारण सभासम्मका लागि निलम्बनको कारबाहि गरेको थियो ।

एन्फाले गरेको निलम्बन विधान विपरित र चुनावी प्रतिशोधको आधारमा रहेको भन्दै थापाले राखेपमा उजुरी गरेका छन् ।

‘आफुविरुद्ध भएको कारबाहिको विषयमा फिफा, एएफसी, राखेप र एन्फा कमिटीमा अपिल गरेको छु ।’ थापाले खेलपाटीसंग भने ।

‘सबैलाई अपिल पत्र पठाएको छु । सदस्य सचिव (रमेश सिलवाल) ज्यू मन्त्रालयमा पुग्नु भएका कारण उहाँकै अनुरोधमा प्रशासन प्रमुख कुल बहादुर थापालाई पत्र छाडेको छु ।’ बी डिभिजन क्लब झम्सिखेलका कोषाध्यक्ष तथा प्रशिक्षक थापाले भने ।

एन्फाको वर्तमान कार्यसमितिले बैशाख २२ गतेलाई एन्फा दिवस मनाउने निर्णय गरेका थियो । सोही दिन एन्फाको वर्तमान कार्यसमितिले निर्वाचन जितेको थियो ।

निलम्बनमा परेका थापाले एन्फा निर्वाचनमा वर्तमान कार्यसमिति विरुद्धको प्यानलबाट उम्मेद्वारी दिएका थिए । थापाले मणि कुँवर प्यानलबाट कार्यसमिति सदस्यमा चुनावी प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचनमा पराजित भएपछि थापा सहित पराजित प्यानलका सदस्यहरु एन्फाको वर्तमान कार्यसमितिको निरन्तर विरोध गर्दै आएको छ ।

थापा नेतृत्वको ललितपुर, काठमाडौं, भक्तपुर र धादिङ जिल्ला फुटबल संघ वर्तमान एन्फा नेतृत्वको विरोध गर्दै आएका छन् ।

भाईबर ग्रुपमा थापाले दिएको जवाफलाई आधार मान्दै एन्फाले स्पष्टिकरण सोधेको थियो । दुई दिनपछि स्पष्टिकरण बुझाएका थापाले माफी सहित थप केही प्रश्न स्पष्टिकरण पत्रमा बुझाएका थिए ।

स्पष्टिकरण पत्रमा थप प्रश्न सोधेर बिषयलाई उत्तोजित बनाएको भन्दै एन्फाको सचिवालय बैठकले थापालाई निलम्बन गर्ने निर्णयमा पुगेको थियो ।

एन्फाले विधानको धारा ३ को उपधारा २ र धारा १४ को उपधारा १ (क) बमोजिम दायित्वको पालना नगरी जानी जानी नियतपुर्वक आफ्नो पुर्ववत जवाफ दिएको भन्दै निलम्बन गरेको प्रष्ट पारेको छ ।

एन्फाले विधानको धारा ३ को उपधारा २ र धारा ३६ उपधारा १४ बमोजिम कुनैपनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरि साधारण सभासम्मका लागि अस्थायी निलम्बन गरेको थियो ।

थापा सहितका चार जिल्ला फुटबल संघले यसअघि एन्फामा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहित विभिन्न निकायमा उजुरी दिएका थिए ।

सरकारले एन्फा भ्रष्टाचारको छानविन गर्न समितिनै गठन गरेको थियो । तर चार जिल्ला फुटबल संघले लगाएका १४ आरोप पुष्टि हुने आधार नभेटिएको भन्दै अख्तियारले एन्फालाई क्लिन चिट दिएको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’