बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पर्वतीय तालिम केन्द्र स्थापना – सरकार कति गम्भिर ?

सोमबार, ०५ जेठ २०७७हिम बिक्रम केसी
पर्वतीय तालिम केन्द्र स्थापना – सरकार कति गम्भिर ?
Loading ad...
mustang rice ad

काठमाडौं । उच्च पर्वतीय तालिम केन्द्र स्थापनाका लागि सरकारले पछिल्ला ५ बर्षदेखि थोर बहुत बजेट विनियोजन गर्दै आएको छ । तालिम केन्द्र स्थापना गर्ने तथा पर्यटन र खेलकुदको जोडबाट आर्थिक आम्दानी हासिल गर्ने उद्धेश्य सरकारले राखेको देखिन्छ ।

सोही अनुसार केन्द्र स्थापनका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), पर्यटन मन्त्रालय तथा विभिन्न प्रदेश सरकारले आ–आफ्नो क्षेत्रबाट बजेट विनियोजन गरेर काम गर्दै आएका छन् । तर उच्च पर्वतीय तालिक केन्द्र (हाई अल्टिच्युड ट्रेनिङ सेन्टर) स्थापना गर्ने सरकारको योजनाले अहिलेसम्म आकार पाउन सकेको छैन ।

मन्त्रालय र विभिन्न सरोकारवाला निकायले अध्ययन गर्ने, स्थानको छनोट गर्ने, जग्गा प्राप्तीको प्रक्रिया अघि बढाउने तयारीमै तालिम केन्द्र स्थापनाको काम अल्झिएको छ । उच्च पर्वतीय तालिम केन्द्र स्थापना गरेर विश्व खेलकुदका ठुला खेलाडीलाई देशको पर्यटन र खेलकुदसंग जोडेर आम्दानी गर्ने सरकारी लक्ष्य योजनामै सिमित छ ।

सरकारले नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा उच्च पर्वतीय तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेसंगै यस बिषयले पुन चर्चा पाएकाे छ ।

पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोबिन्द भट्टराई केन्द्र स्थापनाको घोषणा नीति तथा कार्यक्रममा समावेश भएसंगै सरकारको प्राथमिकतामा यस क्षेत्रमा परेको बताउँछन् ।

‘नीति तथा कार्यक्रममा समावेश भएसंगै सरकारी निकायले गम्भिर रुपमा काम गर्नेछ भन्ने लाग्छ । अब घोषणा कार्यान्वयन हुन्छ भन्ने अपेक्षा गरौ ।’ उनी भन्छन् ।

तालिम केन्द्र स्थापनाका लागि मन्त्रालय सहित विभिन्न निकायले थोर बहुत रकम बजेट बिनियोजन गरेर काम गरिरहेका छन् । तर विभिन्न निकायले फरक फरक तरिकाले प्रक्रिया अघि बढाउँदा ठोस नतिजा निस्कन सकेको छैन ।

मन्त्रालय र राखेपले केही कार्य योजनामा पारेर तालिम केन्द्र स्थापनाका लागि न्युनतम बजेट छुट्याउने, ठाउँहरु हेर्ने, खोज अनुसन्धान गर्ने र जग्गा खोज्ने जस्ता काम गर्दै आएको छ । प्रदेश नम्बर एक र गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेर केन्द्र स्थापनाका लागि पहल लिएको देखिन्छ ।

पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष भट्टराई जिम्मेवार निकाय गम्भिर नबन्दा वृहत केन्द्र स्थापनाको काम अघि बढ्न नसकेको बताउँछन् ।

‘बोलेपछि बिन्छ भनेर मान्छेले बर्षैदेखि यसलाई एजेण्डाको रुपमा ब्याख्या गर्दै आए । उच्च पर्वतीय तालिक केन्द्र खेलकुदको विकाउ माल मात्र बन्यो । तर आएको बजेट फ्रिज हुने र अनुसन्धान गरेर बनाएका प्रतिवेदन मन्त्रालय र विभिन्न निकायमा थन्किने रोगले नतिजा निस्कन सकेन ।’ उनी भन्छन् ।

समुन्द्र सतहदेखि उग्लो तथा भौगोलिक र वातवरणीय हिसाबले अनुकुल नेपालमा उच्च पर्वतीय खेलकुद तालिम केन्द्रको सम्भावना देखिन्छ । तर यसको स्थापनादेखि सञ्चालनको वृहत योजना बन्न नसक्दा लक्ष्य एजेण्डामै सिमित छ ।

राखेप सदस्य सचिव रमेश सिलवाल तालिम केन्द्र स्थापना गर्ने घोषणा नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले यसको महत्व महशुश गरेको धारणा राख्छन् ।

‘बजेट कति आउँछ, बाँकी कुरा त्यसमा भर पर्छ । तर नीति तथा कार्यक्रमै आएपछि सरकारले महत्व महशुश गर्यो भनेर लिनुपर्छ ।’ उनी भन्छन् ।

उनले विगत ५ बर्षदेखि बजेट विनियोजन भएर काम हुदै आएपनि केन्द्र स्थापनाको घोषणा नीति तथा कार्यक्रममा पहिलो पटक समावेश भएको बताए ।
राखेपले बजेट विनियोजन गरेर जुम्ला, मनाङ, मुस्ताङ, घान्द्रुकमा तालिम केन्द्र स्थापनाका लागि प्रक्रिया अघि बढाएको सिलवालले जानकारी दिए ।

‘सुरुमा तालिम केन्द्र स्थापनाको 'मास्टर प्लान'नै बनाउन आवश्यक छ । विदेशीलाई समेत काम लाग्ने तरिकाले पर्यटन र खेलकुदलाई पबर्द्धन गर्ने हिसाबले बनाउनु पर्छ ।’ सिलवाल भन्छन् ।

उनले पर्वतीय खेलकुद तालिम केन्द्रलाई पर्यटन प्रबर्द्धन र आम्दानीको स्रोत बनाउनुपर्ने उल्लेख गर्दै बाहिरबाट बिज्ञलाई झिकाएर वृहत योजना बनाउनुपर्ने बताउँछन् ।

‘तालिक केन्द्र भनेको मैदान र कभर्डहल मात्र बुझ्न हुदैन । सुरक्षा, यातायात, होस्टेल, बस्ने, खाने सुविधालाई ध्यानमा राखेर तालिम केन्द्रको वृहत योजना बनाउन आवश्यक छ ।’ उनी भन्छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’