बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पष्टीकरणमाथि तेर्सिएका प्रश्न !

मंगलबार, ३० बैशाख २०७७नमीन ढकाल
स्पष्टीकरणमाथि तेर्सिएका प्रश्न !
Loading ad...
mustang rice ad

काठमाडौं । बैशाख २२ अर्थात ‘एन्फा डे’ को दिन सामाजिक सञ्जालमा अखिल नेपाल फुुटबल संघ (एन्फा)ले आफ्ना बरिष्ठ उपाध्यक्षलाई लक्षित गर्दै गाली गरेको भन्दै ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई लिखित स्पष्टीकरण सोध्यो ।

सुशासन, पारदर्शीता र सामुहिक नेतृत्वको नारा सहित एन्फा नेतृत्वमा आएको कर्माछिरिङ शेर्पाको कार्य समितिले आफु निर्वाचित मिति भएको मितिलाई ‘एन्फा डे’ को रुपमा मनाउने प्रचलन सुरु गरेको हो ।

सो दिन एन्फाले हरेक विधाका खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गर्दै आएको छ ।

बैशाख २२ गतेनै सामाजिक सञ्जाल (भाईबर)को ‘च्याट’ लाई आधार मान्दै एन्फाले बी डिभिजन क्लब झम्सिखेल युथका काेषाध्यक्ष पुरुषोत्तम थापालाई लिखित स्पष्टीकरण सोधेको हो ।

मे ४ अर्थात एन्फा दिवसको दिन ठिक ११ बजेर ४४ मिनेटमा एन्फा बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले ए, बी र सी डिभिजन लिग क्लबका प्रतिनिधि रहेको ग्रुप (भाईबर) मा शुभकामना प्रदान गर्छन् । सोहि ‘म्यासेज’ को जवाफ १२ बजेर ३६ मिनेटमा दिदै ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाले ‘एन्फा आज डे हैन, चोरहरुको श्री गणेश डे हो’ भनेर जवाफ फर्काउछन् ।

एन्फालाई एकलौटी रुपमा सञ्चालन गरेको आरोप लागेका गणेश थापाको बहिर्गमनसंगै एन्फाभित्र विभिन्न शक्ति समूह रहेका छन् । एन्फाका कार्यसमिती सदस्य र विभिन्न समूहका व्यक्तिले आफ्नो तुस पोख्ने ठाउँ बनेकाे छ, सामाजिक सञ्जाल ।

एन्फाभित्रको काम कारबाही र बिभिन्न असन्तुष्ट बिषयमा बरिष्ठ उपाध्यक्षदेखि मानार्थ सदस्यसम्म सामाजिक सञ्जालमा विवादमा उत्रने गरेका छन् ।

कार्यसमितिको बैठक र साधारण सभामा हुनुपर्ने छलफल र कार्यान्वयन हुनुपर्ने बिषय सामाजिक सञ्जालबाट निर्देशित हुन थालेको छ । फुटबल संघभित्र पछिल्लो समय हुर्कदै गएको सामाजिक सञ्चालमा कुण्ठा पोख्ने संस्कारले संस्थाको गरिमा र पदीय हैसियतलाई खुईल्याउने काम गरेको सम्बद्ध अधिकारीहरु बताउँछन् ।

एन्फामा एक–अर्कालाई सामाजिक सञ्चालमार्फत बदनाम गराउने र विरोध गर्ने कार्य सोमबार (बैशाख २९) पनि देखियो ।

भर्खरै मात्रै एन्फालाई ‘चोर भनेको’ स्पष्टिकरण दिएका ललितपुरका जिल्ला अध्यक्ष थापाले एक बर्षअघि एन्फाका सदस्य रुपेश अधिकारीले ‘काक्रो लिग कमिटी’ भनेको प्रशंग कोट्याउँदै चोर र काक्रोको फरक छुट्याउन माग गरेका छन् ।

‘भाईबरमा गरेको कुराको बिषयलाई लिएर एन्फाले स्पष्टिकरण माग्छ भने बर्तमान मानार्थ सदस्यले एन्फाबाट गठन गरिएको एक नम्बर प्रदेश लिग कमिटीलाई काक्रो लिग कमिटी भन्दा के पढ्यौं एन्फा ?’ बी डिभिजन क्लब झम्सिखेल युथका प्रशिक्षक समेत रहेका थापाले प्रश्न गरेका छन् ।

एन्फाले कोरोनाका कारण स्थगित बनेको घरेलु फुटबलको नयाँ तालिका बनाउने गृहकार्य सुरु गरेको छ । उसले कोरोनाले चालू सिजन प्रभावित बनेपनि राष्ट्रिय लिग आयोजना गर्ने बारे आन्तरिक तयारी अघि बढाएको छ । राष्ट्रिय लिगका लागि ए डिभिजन लिगबाट शीर्ष ६ क्लब छनोट भएर बसेका छन् । अन्य ४ टिमको छनोट भएको छैन ।

एन्फाले जिल्ला, प्रदेश हुँदै ‘एन्फा प्रेसिडेन्ट कप’ आयोजना गर्ने र शीर्ष चार टिमलाई राष्ट्रिय लिग खेलाउने संरचना बनाएको छ ।

गत असारमा प्रदेश १ सहित गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को छनोट प्रतियोगिता सम्पन्न भएपनि अन्य प्रदेशको लिग अनिश्चित छ ।

गत असारको अन्तिममा मुख्यमन्त्री कप प्रदेश लिगको लागि एन्फाले प्रवक्ता किरण राईको अध्यक्षतामा आयोजक समिति गठन गरेको थियो । सोही बिषयलाई लिएर मानार्थ सदस्य अधिकारीले आफ्नो क्लब ‘विराट सांग्रिला’ (सी छनोट खेलेको) नामक ग्रुपमा ‘कांक्रो लिग कमिटी’ भनेर गरेको ब्याख्यालाई ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाले उठान गरेका हुन् ।



विराट सांग्रिला नामक ग्रुपमा ‘कांक्रो लिग कमिटी’ ‘मुख्यमन्त्रि हाम्रो, कमिटी कंग्रेस’ भनेर गरिएको ‘च्याट’ ले हाल एन्फामा नयाँ तरंग ल्याएको छ । जसले विवादको श्रृङ्खला थप बढाउने देखिन्छ ।

वर्तमान एन्फा नेतृत्वबिरुद्ध बिरोधमा उत्रने गरेका ललितपुर जिल्ला अध्यक्ष थापाले काक्रोको विषय उठान गर्दै यस्तो शब्दले के अर्थ दिन्छ ? एन्फामा काक्रो लिग कमिटी छ ? र काक्रो भन्ने शब्दले नेपाली समाजको कस्तो अर्थ दिन्छ ? भनेर प्रश्न गरेका छन् ।

‘काक्रो लिग कमिटी भन्दा के पढ्यौ एन्फा ? के गर्याै ? के भन्यौं ? के बुझ्यौं ? काक्रो लिग कमिटी पनि छ र एन्फामा ? के हो काक्रोको अर्थ ? सिंगो एन्फालाई प्रश्न सहित अर्थ भन्न र फरक छुट्याउन अनुरोध गर्दछु ।’ उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

थापा उनै ब्यक्ति हुन्, जो पछिल्लो एन्फा निर्वाचनमा कार्यसमिति सदस्यमा पराजित भएका थिए । उनले मणी कुँवर प्यानलबाट उम्मेदवारी दिएका थिए । निर्वाचनमा शेर्पा समूहको प्यानल सहित विजयी हुँदा कुँवर प्यानलका सबैले हार ब्यहोरेका थिए ।

एन्फाले सदस्यता प्रदान गरेको जिल्ला मध्य ललितपुर सहित चार जिल्ला वर्तमान एन्फा कार्य समितिबिरुद्ध रहदै आएको छन् । ललितपुर सहित काठमाडौं, भक्तपुर र धादिङले एन्फा नेतृत्वबिरुद्ध मार्चाबन्दी गर्दै भ्रष्टचारको आरोप लगाएर अख्तियार सहित विभिन्न निकायमा उजुरी समेत गरेका थिए । लगत्तै अख्तियारले खेलकुद मन्त्रालयलाई भ्रष्टचारको छानबिन गर्न अख्तियारी दिएको थियो । मन्त्रालयले चार जिल्ला फुटबल संघको उजुरीका आधारमा एन्फामाथि छानबिन समेत गर्यो । तर अन्तिममा कैफियत नदेखिएको भन्दै अख्तियारले एन्फालाई क्विन चिट थमाएको थियो ।

सोही पृष्ठभूमीमा थापाले वरिष्ठ उपाध्यक्ष सहित एन्फामाथि मानमर्दन गरेको भन्दै फुटबल संघले लिखित स्पष्टिकरण सोधेको हो । आफु सम्बन्धित रहेको संस्थालाई बदनाम गराउने अराजक फैलाउने कार्य भएको ? एन्फा र नेतृृत्वप्रति इज्जतमा धक्का पुर्याउने अनास्था फैलाउने अपमान जनक धृणित कुप्रचार प्रसारको अर्थ ? सो कार्य आफुबाट गर्न मिल्ने या नमिल्ने ? जस्ता प्रश्न एन्फाले सोधेको छ ।

एन्फाको प्रश्नले भरिएको स्पष्टीकरण पत्र बुझेका थापाले उल्टै एन्फालाई प्रश्नमाथि प्रश्न थप्दै स्पष्टीकरण पत्र बुझाएका छन् ।

उनले भबिष्यमा आफ्ना सन्ततीले एन्फा डे किन मनाएको भन्दा आफुले चुनाव हारेको दिनलाई मनाएको भनेर जवाफ दिने ? भनेर समेत एन्फालाई प्रश्न गरेका छन् ।
उनले स्पष्टीकरण बुझाएपछि कुनै प्रतिक्रिया नआएको र त्यसको पर्खाईमा रहेको खेलपाटीलाई बताए ।

स्पष्टीकरण बुझाएको पत्र सामाजिक सञ्चालमा राख्दै थापाले प्रश्न गरेका छन्, ‘म एन्फा सदस्य हो कि होईन ? के मैले एन्फा डे मनाउन नपाउने ? अनि हाम्रो भावनासँग खेलबाड गर्न एन्फाले पाउने ? एन्फाले एन्फा डे भनेर मनाउँदा हामीले दुखी भएर बस्नु पर्ने ? अनि हाम्रो सन्ततीलाई के जवाफ दिने ? चुनाव हारेको दिन भन्ने ? के एन्फा डे कार्यसमिती १७ सदस्यको लागि मात्र हो ? अनि हामीले एन्फा डे छाती फुलाएर भन्न नपाउने ? मनाउन नपाउने ?

थापाको स्पष्टीकरण काण्डसंगै एन्फा विवाद नयाँ चरणमा जाने देखिएको छ । एन्फा नेतृत्वबिरुद्ध निरन्तर बिरोधमा उत्रिएका थापामाथि लिने एक्सनले फुटबल राजनीतिलाई थप पेचिलो बनाउने एन्फाका एक अधिकारी बताउँछन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’