काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा खेलुकद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आईतबार संघीय संसदका दुवै सदनमा पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा खेलकुदका ठुला पूर्वाधार निर्माणलाई सरकारले प्राथामिकतामा राख्ने बताएका छन् ।
उनले राष्ट्रिय र क्षेत्रीय स्तरमा बनेको खेलकुदका ठुला पुर्वाधार सम्पन्न गर्ने लक्ष्य सरकारले राखेको उल्लेख छन् ।
‘खेलकुदका निर्माणाधिन राष्ट्रिय र क्षेत्रीय स्तरका ठुला पूर्वाधार सम्पन्न गर्न प्राथामिकता दिईनेछ,’ अर्थमन्त्री खतिवडाले भनेका छन् ।
बजेटका प्राथमिकता उल्लेख गर्दै सरकारले पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहीत गर्दै खेलकुद क्षेत्रको समग्र विकास गरिने बताएको छ ।
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७७-७८ को बजेट संसदमा पेश गर्ने तयारी गरेको छ । सोही अनुसार बजेटमाथिको पुर्व छलफल संसदमा सुरु भएको हो ।
बजेटको सिद्धान्त र प्राथामिकतामा आधारित सरकारले नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्नेछ ।
सरकारले पेश गरेको सिद्धान्त तथा कार्यक्रम हेर्दा आगामी वर्ष सरकारले खेलकुद पूर्वाधार निर्माणलाई बिशेष प्राथामिकता दिने संकेत गरेको छ ।