काठमाडौं । फुटबलको समिक्षा थापा मगरको उपचारमा अनिता श्रेष्ठले २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छिन ।
उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखा गुमाएकी समिक्षाको उपचारमा सहयोग गर्न भन्दै अनिताले व्यक्तिगत रुपमा २६ हजार रुपैयाँ प्रदान गरेकी हुन् ।
समिक्षाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भईरहेको छ । उनको आँखाको सल्यक्रियाको तयारी भएको छ ।
यु–१६ टिमकी सदस्य समेत रहेकी समिक्षाले एन्फाले आयोजना गरेको क्विक्स कप फुटबल समेत खेलेकी थिईन् ।
यसअघि समिक्षाको उपचारमा अखिल नेपाल फुटबल संघ एन्फा सहित विराट सांग्रिला क्लब, राष्ट्रिय महिला तथा पुरुष टिम र मनाङ मस्र्याङ्दी फुटबल क्लब लगायतले आर्थिक सहयोग गरेका थिए ।