बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फाले यस वर्ष 'एन्फा दिवस' नमनाउने

सोमबार, १५ बैशाख २०७७नमीन ढकाल
एन्फाले यस वर्ष 'एन्फा दिवस' नमनाउने
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्ष ‘एन्फा दिवस’ नमनाउने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण एन्फाले वार्षिक रुपमा मनाउँदै आएको ‘एन्फा दिवस’ यस वर्ष नमनाउने भएको हो ।

एन्फाले गत वर्षबाट बैशाख २२ गतेलाई एन्फा दिवसको रुपमा मनाउन थालेको थियो । क्यालेन्डरमा समावेश गर्दै वार्षिक रुपमा एन्फा दिवस मनाउने बताएको एन्फाले कोरोनाको कारण यस पटक रोकिने जनाएको छ ।

‘कोरोना भाईरसकै कारण यस पटकको एन्फा दिवस प्रभावित भएको छ । यस पटक दिवस मनाउने छैनौ,’ एन्फाका प्रवक्ता किरण राईले खेलपाटीसँग भने ।

गतवर्ष एन्फाले आफ्नो दिवसको अवसरमा फुटबलमा विशेष योगदान पुर्याएको भन्दै पुरुषतर्फ पूर्व राष्ट्रिय टिमका स्ट्राइकर जुमानु राई र महिलातर्फ पूर्व कप्तान अनु लामालाई सम्मान गरेको थियो ।

यस्तै उदयीमान खेलाडीमा पुरुषतर्फ राष्ट्रिय टिमका अभिषेक रिजाल र महिलातर्फ मञ्जली कुमारी योञ्जनलाई सम्मान गरेको थियो ।

तत्काललाई स्थगित भएको दिवसपछि गर्ने वा नगर्ने भनेर एन्फाले कोरोना न्युनिकरण भएपछि निर्णय लिने बताएको छ ।

‘हामीले अहिलेनै निर्णय लिएका छैनौं । यो महामारी कम भएपछि मिति तय गर्नेछौं,’ राईले थपे ।

गत वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड तत्कालिन महिला टिमका प्रशिक्षक हरि खड्कालाई प्रदान गरिएको थियो ।

लाइफटाइम अचिभमेन्ट अवार्ड भागिरथ आलले पाएका थिए ।

पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्री र महिलातर्फ अस्मिता मानन्धर उत्कृष्ट चुनिएका थिए ।

विदेशी भूमिमा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीमा गोलरक्षक किरण लिम्बु र रोहित चन्द घोषित भएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’