बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

मन्त्रालयले खेलाडीलाई सोध्यो : खातामा पैसा आयो ?

बुधबार, ०३ बैशाख २०७७खेलपाटी संवाददाता
मन्त्रालयले खेलाडीलाई सोध्यो : खातामा पैसा आयो ?

कराँतेमा दाेहाेराे पदक जितेका मण्डेकाजी श्रेष्ठ (बीचमा) । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदकधारी खेलाडीको पुरस्कार रकम सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिएको जनाएको छ ।

मन्त्रालयले प्रेस बिज्ञप्ती जारी गर्दै कोरोनाको संक्रमणका कारण औपचारिक समारोह आयोजना गरेर पुरस्कार वितरण गर्न नसकिएको भन्दै पदक प्राप्त गर्ने ४ सय ३५ खेलाडीको खातामा पुरस्कार वापतको रकम जम्मा गरिएको बताएको हो ।

मन्त्रालयले सम्बन्धित खेलाडीले आ आफ्नो बैंक खाता चेक गरी पुरस्कार रकम पाएको निश्चित गर्न अनुरोध समेत गरेको छ ।

मन्त्रालयले रकम जम्मा नभएको वा अन्यथा भएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् तथा साग सचिवालयका प्रमुख कमल खनाल तथा मन्त्रालयका उपसचिव नवराज घिमिरेलाई सम्पर्क गरेर जानकारी लिन आग्रह गरेको छ ।

खेलाडीको सम्मानपत्र भने संक्रमणबाट अवस्था सामान्य भएपछि उपलब्ध गराईने मन्त्रालयको भनाई छ ।

मन्त्रालयले प्रशिक्षक, सहायक प्रशिक्षक र खेल संघ संस्थाको हकमा भने पेश्की वा सरकारी रकम बाँकी नभएको व्यहोराको पत्र राखेपबाट प्राप्त भएपछि भुक्तानी गर्ने जनाएको छ । 

खेलाडीको खातामा पुरस्कार रकम जम्मा भएपनि प्रशिक्षक र सम्बन्धित संघले पुरस्कारका लागि अझै केही समय पर्खनुपर्ने भएको हो ।

सरकारले प्रतियोगिता अन्तर्गत विभिन्न खेलका व्यवस्थापक (म्यानेजर)लाई भने पुरस्कार रकम नदिने भएको छ । मन्त्रालयले प्रस्ताव गरेको रकम अर्थ मन्त्रालयले कटौती गरेसंगै सबै खेलका म्यानेजर रकमबाट पुरस्कृत नहुने भएका हुन् ।

सरकारले प्रतियोगिता आयोजना भएको झण्डै चार महिना भन्दा बढी समयपछि खेलाडीको खातामा पुरस्कार वापतको रकम जम्मा गरिदिएको हो ।

समयमै पुरस्कार रकम नपाएको भन्दै खेलाडीले सरकारसंग असन्तुष्टि जनाउँदै आएका थिए ।

सम्पर्क नम्बर सहितकाे बिज्ञप्ती :

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’