शनिबार, १० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

सागका सबै पदकधारीकाे खातामा पुरस्कार रकम

बुधबार, ०३ बैशाख २०७७हिम बिक्रम केसी
सागका सबै पदकधारीकाे खातामा पुरस्कार रकम

१३ अाै‌ सागकी कीर्तिमानी खेलाडी गाैरिका सि‌ह । फाेटाे : खेलपाटी

mustang rice ad

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदकधारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेर सकेकाे छ।

साग सम्पन्न भएको झण्डै चार महिनापछि सरकारले सबै पदकधारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेर सकेकाे हाे ।

युवा तथा खेलकुद मन्त्रालयले सागका ४ सय ३५ जना पदकधारी खेलाडीको खातामा १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार वितरण गरेको छ।

चैत मसान्तबाट खेलाडीको खातामा पैसा हाल्न सुरु गरेको मन्त्रालयले बुधबार सबै पदक विजेता खेलाडीको खातामा पैसा पठाएर सकेकाे छ ।

मन्त्रालयका लेखा शाखा प्रमुख नवराज घिमिरेले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सबै खेलाडीको खातामा बुधबार पैसा हाल्ने काम सकिएको खेलपाटीलाई बताए ।

'उपत्यका भित्रका खातावाल (एभेरेष्ट बैक) खेलाडीको बुधबारनै पुरस्कार रकम प्राप्त गर्नेछन् । बाहिर जिल्लाका खेलाडीको खातामा बिहिबार अपरान्हसम्म खातामा राखिएको पैसा 'ट्रान्सफर' हुनेछ ।' उनले भने ।

मन्त्रालयले उपलब्ध गराएको खेलाडीको नामावली अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा भएको पैसा वितरण गरेको हो ।

सर्भरमा समस्या आउँदा मंगलबार पुरस्कार वापतको रकम वितरण हुन सकेको थिएन ।

मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले विशेष कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी ओलीको हातबाट पुरस्कार रकम वितरण गर्ने योजना बनाएका थिए ।

र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभावका कारण सार्वजनीक कार्यक्रम आयोजना गर्ने सकिएन । 

सोही अनुसार प्रधानमन्त्रीको निर्देशनमा मन्त्रालयले चैत १३ गते निकासा भएको रकमलाई मन्त्रालयले खेलाडीको खातामा सिधै वितरण गरेको हो ।

नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित २ सय ६ पदक प्राप्त गरेको थियो ।

कसले कति पाए ? 

सरकारले व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख र एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाखका दरले पुरस्कार रकम वितरण गरेको छ ।

यस्तै, ब्यक्तिगत स्पर्धामा रजत जित्नेले ६ लाख र कास्य जित्ने खेलाडीले ३ लाख रुपैयाँ पाएका छन् ।

यस्तै, टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्ने खेलाडीले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रशिक्षकले अझै कुर्न पर्ने !

खेलाडीले पुरस्कार रकम पाएपनि पदक विजेता मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र सम्बन्धित संघले भने पुरस्कारका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ ।

मन्त्रालयले खेलाडीको खातामा पैसा जम्मा गरेपनि प्रशिक्षक, सहायक प्रशिक्षक र संघको खातामा पैसा हालेको छैन ।

'राखेपबाट पत्र आएपछि बाँकी रहेको पुरस्कार रकम मन्त्रालयले वितरण गर्नेछ ।' लेखा शाखा प्रमुख घिमिरेले भने ।

मन्त्रीपरिषद्ले यसअघिनै स्वर्ण पदक जित्ने प्रशिक्षकले ५ लाख, रजतले ३ लाख र कास्यले २ लाख रुपैयाँ प्राप्त गर्ने निर्णय गरिसकेको छ ।

यस्तै, सहायक प्रशिक्षकतर्फ स्वर्ण जित्नेले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, स्वर्ण जित्ने खेल संघले ५ लाख रुपैयाँ, रजत जित्ने खेल संघले ३ लाख र कास्य जित्ने खेल संघले २ लाख रुपैयाँ प्राप्त गर्ने सरकारले घोषणा गरिसकेको छ ।

किन पुगेन खातामा पैसा ?

खेलकुद मन्त्रालयले आईतबार १ सय ७९ खेलाडीको खातामा पैसा हालेको जानकारी दिएकाे थियो । तर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ मंगलबारसम्म आफ्ना कुनैपनि खेलाडीको खातामा पैसा नपुगेको बताए । उनले मन्त्रालयले दिएकाे जानकारीकाे खण्डन गर्दै खेलाडीकाे खातामा पैसा नपुगेकाे उल्लेख गरे । 

यस बिषयमा हामीले पुरस्कार रकम खेलाडीको बैंक खातामा वितरण गरिरहेका मन्त्रालयका लेखा शाखा प्रमुख नवराज घिमिरेलाई सोध्यौ ।

'चैत मसान्त अर्थात आईतबार अपरान्ह मात्र १ सय ७९ खेलाडीको खातामा पैसा हाल्न सकिएको थियो । सोमबार सार्वजनीक बन्द भएका कारण बैंकहरु खुल्न सकेनन् ।' उनले खेलपाटीसंग भने, 'मंगलबार मात्र बैंकहरु खुलेका कारण एभरेष्ट बैंकबाट वितरण गरिएको पैसा अन्य बैंक खातामा ट्रान्सफर हुन केही समय लागेको हो ।'

उनका अनुसार एभरेष्ट बैंकको खाता हुने खेलाडीले मन्त्रालयबाट वितरण गरिएको रकम तत्कालकै प्राप्त गर्न सक्नेछन् ।

'उपत्यकाभित्र बैंक खाता भएका खेलाडीले बुधबार बेलुकासम्म पैसा बुझ्न सक्नेछन् । तर उपत्यका बाहिरका खेलाडीको खातामा भने बिहिबार अपरान्हसम्म पैसा जम्मा भईसक्नेछ ।' उनले भने ।

Image may contain: text

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
जिम्बावेविरुद्ध नेपालको सानदार जित

जिम्बावेविरुद्ध नेपालको सानदार जित

 सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

गण्डकीको पहिलो जित

गण्डकीको पहिलो जित

नेपालको प्रभावशाली जित

नेपालको प्रभावशाली जित

नेपालसामु मध्यम लक्ष्य

नेपालसामु मध्यम लक्ष्य

एपिएफको रोमाञ्चक जित

एपिएफको रोमाञ्चक जित

आर्मीको लगातार दोस्रो हार, पुलिसको पहिलो खेलमै सानदार पुनरागमन

आर्मीको लगातार दोस्रो हार, पुलिसको पहिलो खेलमै सानदार पुनरागमन

सन्दीपबिना नै राजशाही च्याम्पियन

सन्दीपबिना नै राजशाही च्याम्पियन