शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

सागका पदकधारीले पाउन थाले नगद पुरस्कार

मंगलबार, बैशाख २, २०७७खेलपाटी संवाददाता
सागका पदकधारीले पाउन थाले नगद पुरस्कार
Classic Tech Internet Ad

काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने नेपाली खेलाडीले नगद पुरस्कार पाउन थालेका छन् ।

गत मंसिरमा आयोजना भएको सागका पदकधारीले आइतबारबाट सरकारले घोषणा गरेको नगद पुरस्कार पाउन थालेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले सरकारले घोषणा गरेको पुरस्कार खेलाडीको व्यक्तिगत बैंक खातामा पठाउन सुरु गरिएको जनाएको छ ।

मन्त्रालयका लेखा शाखा प्रमुख नवराज घिमिरेले मंगलबारसम्म १ सय ७९ खेलाडीले नगद पुरस्कार पाईसकेको र बाँकीले बुधबारसम्म पाईसक्ने जानकारी दिए ।

'आइतबारबाट खेलाडीको पैसा पठाउन सुरु भएको थियो । बैंकको सर्भरले गर्दा सबैलाई पैसा पठाउन सकेनौं । १ सय ७९ खेलाडीले पुरस्कार पाईसकेका छन् । बाँकीको बुधबार खातामा पैसा पुग्नेछ,' घिमिरेले खेलपाटीसँग भने ।

काठमाडौं पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो ।

साग सकिएको भोलीपल्टै (मंसिर २५) गते बालुवाटारमा कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकम घोषणा गरेका थिए ।

सरकारले व्यक्तिगत स्पर्धाका स्वर्ण पदक विजेतालाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । यस्तै एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने सरकारको घोषणा गरेको थियो ।

त्यस्तै टिम ईभेन्ट्सका स्वर्णधारी खेलाडीले ६ लाख, रजतले ४ र कास्य जित्नेले २ लाख पाउने छन् । स्वर्ण जिताउने मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ र कास्यले २ लाख पाउने छन् । सहायक प्रशिक्षकमा स्वर्ण विजेताले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख पाउने छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा