काठमाडौं । खेलकुद म्यागजिन 'स्पोर्ट्स भ्वाइस' औपचारिक रुपमा बजारमा आएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यकममा म्यागजिनको पहिलो अंक विमोचन गरिएको छ ।
स्पोर्ट्स भ्वाइसको पहिलो अंक संघिय संसद दुर्गा पौडेल र नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनले संयुक्त रुपमा विमोचन गरेका थिए ।
स्पोर्ट्स भ्वाइस नेपाल पर्यटन खेलकुद संघ र नेपाल खेलाडी तथा प्रशिक्षक संघले संयुक्त रुपमा प्रकाशन गरेको हो । खेल र खेलाडीहरुको आवाज शसक्त बनाउने उद्देश्यले म्यागेजिन प्रकाशन गर्न लागिएको संघका अध्यक्ष महर्जनले जानकारी दिए ।
म्यागजिन विमोचनपछि अध्यक्ष महर्जनले भने, 'खेलाडीहरुका दबिएका आवाज तथा खेलकुद क्षेत्रका विभिन्न गतिबिधिहरुलाई प्रकाशन गर्दै खेल प्रेमिहरुलाई जानकारी गराउने माध्यमको रुपमा यस म्यागेजिनले पुलको काम गर्नेछ ।'
यस्तै कार्यक्रममा प्रकाशकले म्यागजिन प्रकाशनको लागि ग्लोरियूससंग पाँच बर्षको लागि सहकार्य गर्ने भएको छ । सम्झौतासंगै ग्लोरियूसले म्यागजिन निकाल्न मद्दत गर्नेछ ।
कार्यकममा म्यागजिन प्रकाशक नेपाल पर्यटन खेलकुद संघले स्पोर्ट्स भ्वाइस म्यागजिन निरन्तर प्रकाशन हुने समेत जानकारी दिएको छ ।