बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोरोनाविरुद्धको अभियानमा खेलाडी तथा युवा परिचालन गर्ने निर्णय

बुधबार, २६ चैत्र २०७६खेलपाटी संवाददाता
कोरोनाविरुद्धको अभियानमा खेलाडी तथा युवा परिचालन गर्ने निर्णय

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । सरकारले कोरोना संक्रणमबिरुद्वको अभियानमा खेलाडी सहित युवा परिचालन गर्ने भएको छ ।

मन्त्रीपरिषद्को निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले कोरोना संक्रमणबिरुद्वको अभियानमा राहत वितरण लगायतका काममा युवा, खेलाडी तथा स्काउटलाई स्वंयमसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सहित मन्त्रालय अन्तर्गतका निकायका प्रमुखको मंगलबार बसेको बैठकले आफ्ना मातहत भएका कामलाई एकिकृत तरिकाले अघि बढाउने निर्णय गरेको छ ।

यस्तै, बैठकले युवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा ९ सदस्यीय स्वंयमसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ ।

समितिले कोरोनाबिरुद्वको अभियानमा राहात वितरण लगायतमा युवा, खेलाडी तथा स्काउटलाई स्वंयमसेवकको रुपमा व्यवस्थापन तथा परिचालन गर्ने, योजना बनाउने र निर्णय कार्यान्वयनका लागि आवश्यक समन्व्य गर्नेछ ।

समितिमा युवा तथा खेलकुद मन्त्री सहित मन्त्रालयका सचिव रामप्रसाद थपलिया, युवा बिज्ञ माधव ढुङ्गेल, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गाना, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतम र मन्त्रीले तोकेका एक जना बिज्ञ रहनेछन् । समिति सदस्य सचिवमा मन्त्रालयका सहसचिव मानबहादुर बीके रहनेछन् ।

बैठकले स्थानीय तथा प्रदेश सरकारसंग समन्व्य गरिेर स्वंयमसेवक व्यवस्थापन तथा परिचालन गर्नका लागि युवा परिचालनको जिम्मेवारी राष्ट्रिय युवा परिषद्, खेलाडी परिचालनको जिम्मेवारी राखेप, स्काउट परिचालनको जिम्मेवारी नेपाल स्काउटलाई दिने निर्णय गरेको छ ।

यस्तै, युवा, खेलाडी तथा स्काउटका स्वंयमसेवकलाई आवश्यकता अनुसार स्वंयमसेवकीय भूमिकामा आ आफ्नो ठाउँमा परिचालन गर्न सबै स्थानीय तह र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै स्वंयमसेवकलाई सामाजिक दुरी कायम राखेर सावधानीपूर्वक काममा परिचालन हुन बैठकले अनुरोध गरेको छ ।

बैठकले स्वंयमसेवकको रुपमा परिचालन हुने सबैको कामको क्षेत्र समेत निर्धारण गरेको छ ।

अभियानमा स्वंयमसेवकको रुपमा परिचालित हुने खेलाडी तथा युवा स्वंयमसेवीले विदेशबाट फर्किएका र संभावित संक्रमितलाई पहिचान गरि सम्बन्धित निकायलाई जानकारी गराउने, क्वारेन्टाईनमा बस्न प्रेरित गर्ने, क्वारेन्टाईन निर्माणमा सहयोग गर्ने, सम्भावित संक्रमितलाई स्वास्थ्य परिक्षण गराउन सघाउने, विरामीलाई अस्पताल पुर्याउन सहयोग गर्ने, स्वास्थ्य सामाग्री तथा उपकरणको वितरण र व्यवस्थापनमा सम्बन्धित निकायलाई सघाउने, कृषी बाली भित्राउन किशानलाई सहयोग गर्ने लगायतका काम गर्नेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’