काठमाडौं । नयाँ नेतृत्व चयनका लागि चैत अन्तिम साता हुने भनिएको नेपाल आर्चरी संघको निर्वाचन स्थगित भएको छ ।
कोरोना भाईरसको कारण चैत २९ गते हुने भनिएको निर्वाचन स्थगित भएको संघले जनाएको छ ।
निर्वाचनको लागि सम्पूर्ण कानुनी प्रक्रिया पुरा भईसकेको भएपनि कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै साधारणसभा स्थगित गरिएको संघका अध्यक्ष दिपक गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संघले साधारणसभा आगामी बैशाख दोस्रो सातापछि गर्ने समेत जनाएको छ ।
कोरोनालाई मध्येनजर गर्दै सरकारले चैत २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । नेपालमा ६ जनाको कोरोनाको संक्रमण देखिएको छ ।