तेक्वान्दोका सागर दोस्रो चरणमा पराजित

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत तेक्वान्दोमा नेपालका सागर गुभाजु दोस्रो चरणमा पराजित भएका छन् ।
जाकार्तामा भुटानका खेलाडीलाई हराएर अन्तिम १६ मा पुगेका सागर भियतनामका खेलाडीसंग पराजित भए । फाइटको पुरुष ५८ केजीमुनि तौल समूहमा सागर भियतनामका हङ भो क्वोकसँग २५-५ ले पराजित भए।
यसअघि सागरले भुटानका तेन्जिङ दोर्जेलाई ५४–४० अंकले हराउदै अन्तिम १६ मा स्थान बनाएका थिए ।
महिलातर्फ दुवै खेलाडीले हार बेहोरेका छन् । फाइटको महिला ५३ केजी तौल समूहमा निमा गुरुङ लेवनानकी एओन लातितियासँग २३–१० अंकले पराजित भईन । त्यस्तै महिला ६७ केजीमुनि संगीता बस्याल फिलिपिनी खेलाडी अर्पोन डार्लेनीसँग २०–१७ अंकले पराजित भए ।
उसुतर्फ नेपालकी निमा घर्ती मगरले उच्च प्रदर्शन गर्न सकिनन् । साग गेम्समा स्वर्ण बिजेता निमा थाउलोको नान्डोतर्फ १२ खेलाडीमध्ये ११ औं स्थानमा रहिन् ।








-1753017726.jpeg&w=3840&q=75)
-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

