काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेको भौतिक संरचनाहरुलाई क्वारेन्टाईन रुपमा प्रयोग गर्न दिने भएको छ ।
राखेपले सोमबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीविरुद्ध लड्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालासहितका भौतिक पूर्वाधारलाई आवश्यक परेको खण्डमा क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
राखेपले रंगशालासहित सातदोबाटो खेलकुद परिसर,मुलपानी क्रिकेट मैदान ,किर्तिपुरको टियु मैदान,च्यासल मैदान,सानो गौचरनलगायतका मैदान र सातै प्रदेश तथा जिल्लाका भौतिक पूर्वाधारलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
चीनबाट फैलिएको कोरोनालाई मध्येनजर राखेपले यस अघि एक हप्ता सम्पुर्ण खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।
यस्तै सरकारले बैशाख १८ गतेसम्मको लागि रंगशालासहित सबै खेल स्थल बन्द गर्ने निर्णय गरेको थियो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट नेपालमा पनि एक जना संक्रमित भएका छन् ।
राखेपको विज्ञप्ति -
राष्ट्रिय खेलकुद परिषद्को अनुरोध
विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाइरस कभिड–१९ संक्रमणबाट बच्न चेतना अभिवृद्धिका लागि नेपाल सरकारले गरेको अपिल व्यवहारिक रुपमा पालना गर्न राष्ट्रिय खेलकुद परिषद् आमजनसमुदाय हार्दिक अनुरोध गर्दछ । साथै कोराना संक्रमणको रोकथामका लागि जागरुप गराउन खेलकुद क्षेत्रमा आवद्ध सबैमा परिषद् अपिल गर्दछ । ‘सरकारले गरेको निर्णय अनुसार क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने राष्ट्रिय खेलकुद् परिषद् अन्र्तगत उपत्यकामा रहेको दशरथ रंगशाला,सातदोबाटो खेलकुद परिसर,मुलपानी,किर्तिपुर,च्यासल,सानोगौचरनलगायत सातै प्रदेश तथा जिल्ला अन्र्तगत रहेका भौतिक पूर्वाधार प्रायोग गर्नु हुन परिषद् हार्दिक अनुरोध गदै कोराना संक्रमणको रोकथामका लागि राष्ट्रिय खेलकुद परिषद् ऐक्यबद्धता ब्यक्त गर्दछ ।
कुलवहादुर थापा
प्रबक्ता एवंम बिभागिय प्रमुख
राष्ट्रिय खेलकुद परिषद्