काठमाडौं । सरकारले बैशाख तेस्रो सातासम्मको लागि रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी बैशाख १८ ( ३० अप्रिल) सम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले यस निर्णयको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने जनाएको छ ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार मात्रै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमबाट बच्न एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।
राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । राखेपले त्यस पश्चात भने परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको थियो ।
राखेपको निर्णयसँगै अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरिरहेको 'बी' डिभिजन लिग समेत स्थगित भएको थियो ।
सरकारको निर्णय -