बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा उपाध्यक्ष नेम्बाङ्गको ९ बुँदे 'नोट अफ डिसेन्ट'

मंगलबार, ०४ चैत्र २०७६खेलपाटी संवाददाता
एन्फा उपाध्यक्ष नेम्बाङ्गको ९ बुँदे 'नोट अफ डिसेन्ट'

एन्फा कार्यसमिति बैठकको समय वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्ग (बायाँ), उपाध्यक्ष शिक्षित पराजुली र अध्यक्ष कर्माछिरिङ शेर्पा । फोटो : एन्फा

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्गले ९ बुँदे नोट अफ डिसेन्ट दर्ता गराएका छन् ।

एन्फाको माघ २६ गते बसेको कार्यसमिति बैठकको निर्णयमा फरक मत राख्दै नेम्बाङ्गले ९ बुँदे फरक मत राखेका हुन् ।

'एन्फा बैठकको निर्णयमा असहमती राख्दै माईन्यूट बुकमा आफ्नो असहमती लेख्न माग्दा संघको अध्यक्ष र महासचिवबाट लिखित असहमती पत्र लेख्न भनेकोले असहमती पत्र लेखि एन्फा कार्यालयमा दर्ता गराएको छु ।' नेम्बाङ्गले दर्ता गराएको फरक मतमा लेखेका छन् ।

उनले एजेण्डा नम्बर दुईको निर्णयमा फरक मत राख्दै लिगको प्रायोजकको रुपमा कतार एअवरवेज र एनटीभीसंगको सम्झौता कार्यसमितिमा पर्याप्त छलफल र निर्णय नगरि सम्झौता गरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयको निर्देशन र एन्फा आर्थिक नियमावली विपरित भएको दाबी सहित आफ्नो फरक मत राखेका छन् ।

यस्तै, एजेण्डा ५ को निर्णयमा रौतहटमा एन्फा महिला फुटबल एकेडेमी निर्माण गर्न नेपा टेक प्रालिलाई ठेक्का सदर गर्ने प्रक्रिया  त्रुटिपूर्ण रहेको भन्दै नेम्बाङ्गले फरक मतमा राखेका छन् ।

उनले एजेण्डा १८ मा युईएफएको सहयोगबारे छलफल नगरि कार्यसमितिबाट अनुमोदन गरिएको भन्दै कार्यन्वयन पहिल्यै गर्ने र पछि कार्यसमितिबाट अनुमोदन गर्ने परिपाटी राम्रो नहुने बताएका छन् ।

यस्तै, एजेण्डा २१ मा क्लब लाईसेन्सिङको सम्बन्धमा एएफसीले एन्फालाई गरिएको जरिवानाको बिषयमा कारण र कमजोरी पत्ता लगाउन निष्पक्ष छानविन हुनुपर्ने मत उनको छ ।

एजेण्डा २७ मा भक्तपुर जिल्ला फुटबल संघल खेल गतिविधि गरिरहेको अवस्थामा कार्यक्रम र बजेट रोक्नु नेपाली फुटबलको हितमा नहुने फरक मत नेम्बाङ्गले राखेका छन् ।

यस्तै, एजेण्डा ३१ मा विविधको 'ङ' अन्तर्गत मनोमानी ढङ्लगे स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने निर्णय गरिएको भन्दै मापदण्ड नबनाएर उपचार खर्च दिने परम्परा संघको विधान र आर्थिक कार्यविधी विपरित रहेको नेम्बाङको मत छ ।

नेम्बाङ्गले विविध अन्तर्गत पदपूर्ति समितिको सिफारिसको दुई नम्बरमा रहेका व्यक्तिलाई संघको 'फाईनान्स हेड' र पदपूर्ति समितिलाई थाहा नदिएर कर्मचारी नियुक्त गरिएको भन्दै असहमती जनाएका छन् ।

उनले आर्थिक नियमावली अनुसार प्रक्रिया पुर्याएर खरिद कार्य अघि बढाउनुपर्ने भन्दै आफैले बनाएको नियमावलीको कार्यान्वयन नगरिएको बिषय नोट अफ डिसेन्टमा लेखेका छन् ।

'चेन्ज एन्फा'को नारा सहित एन्फामा आएका नेम्बाङ्गले अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले गरेको निर्णयबिरुद्ध पहिलो पटक फरक राखेका हुन् ।

उनले पछिल्लो समय एन्फा नेतृत्वसंग फरक मत राख्दै आएका थिए । तर औपचारिक रुपमा फरक मत राख्दै उनले एन्फा नेतृत्वबिरुद्व उभिएको संकेत गरेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’