काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले प्रादेशिक ओलम्पिक कमिटि गठन गरेको छ ।
कास्कीको पोखरामा सोमबार सुरु एनओसीको बोर्ड बैठकले संघीय संरचना अनुसार सातै प्रदेशमा ओलम्पिक कमिटि गठन गर्दै ईन्चार्ज समेत तोकेको हो ।
बैठकले प्रदेश एकको ईन्चार्जमा पिताम्बर तिम्सिना, प्रदेश दुईको अशोक बज्राचार्य, प्रदेश तीनको शुुनिलकुमार श्रेष्ठ, प्रदेश चारको तेज गुरुङ, प्रदेश पाँचको तुलसी थापा, प्रदेश ६ को दिपकहर्ष बज्राचार्य र प्रदेश ७ को रतन टण्डनलाई तोकेको छ ।
बैठकले सातै प्रदेशनमा ईन्जार्च सहितको प्रदेश कमिटि गठन गरेको हो । प्रदेश कमिटिले संघीय संरचना अनुसार प्रदेशको खेलकुद गतिविधिको संयोजन गर्नेछन् ।
जीवनराम श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि ओलम्पिक कमिटिको पहिलो बोर्ड बैठक बसेको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना र सञ्चालनको बिषयमा अनौपचारिक बैठकहरु बसेपनि पुर्ण बोर्ड बैठक पहिलो पटक बसेको हो ।
बैठकले ओलम्पिकको तयारी लगायत विविध बिषयमा निर्णय गर्ने बैठकमा सहभागी एक सदस्यले खेलपाटीलाइ बताए ।
बैठक भोली (मंगलबार) सकिनेछ ।