निन्जा उसु क्वानका कृजो आले मगरले अन्तर क्वान राष्ट्रिय खुला उसु प्रतियोगिताको पुरुष ताउ सुमा बुधबार स्वर्ण जितेका छन् । पुरुष कुन सुमा बुद्ध प्रकाशका प्रदीप तामाङले पहिलो स्थान हात पारे ।
पुरुष थाइची चेनमा मनमैजुका मनीष बुढाथोकी, केन सुमा बुद्ध प्रकाशका सनी लामा तथा छियाङ छुमा मनमैजुका दिलिप घलेले स्वर्ण हात पारे ।
महिला चेन छुमा बुद्ध प्रकाशकी मारिया राई, छियाङ छुमा संखुवासभाकी मनीषा ठाटल, थाइची चेनमा स्वस्ती दहित र नान ताउसुमा निन्जाकी सीता थापा मगरले स्वर्ण जिते ।