एजेन्सी । अप्रिलमा तय भएको लण्डन म्याराथन पहिलो पटक स्थगित भएको छ । कोरोना भाईरसको फैलदो संक्रमणको कारण देखाउँदै प्रतियोगिता अक्टोबर ४ का लागि सारिएको छ ।
प्रतियोगिता यसअघि अप्रिल २६ मा सञ्चालन गर्ने तयारी थियो ।
सन् १९८१ मा म्याराथनको सुरुवात भएपछि पहिलो पटक प्रतियोगिता स्थगित भएको हो ।
'विश्व अप्रिय अवस्थामा रहेको छ । कोरोनाको माहामारीसंग जुधिरहेको अवस्था छ । सार्वजनीक स्वास्थ्य सबैको प्राथमिकतामा छ ।' म्याराथनका निर्देशक ह्युग ब्रेशरले भनेका छन् ।
म्यान्चेष्टर म्याराथन समेत अप्रिल ५ मा तय भएको थियो । सो ईभेन्ट समेत तत्कालका लागि स्थगित भएको छ । आयोजकले म्याराथन स्थगित गर्दै निकट भविष्यमा नयाँ मिति सार्वजनीक गर्ने तयारी गरेको छ ।
ब्राईटोन म्याराथन समेत अप्रिल १९ मा तय थियो । प्रतियोगिता सेप्टेम्बर २० सम्मका लागि स्थगित गरिएको छ ।
लण्डन म्याराथनका आयोजकले म्याराथन अक्टोबरमा सञ्चालन हुने भन्दै चाहेको खण्डमा दर्ता शुल्क फिर्ता हुने बताएको छ ।
गत बर्ष ४३ हजारले दौड पुरा गरेका थिए । ईभेन्ट्सबाट च्यारिटीका लागि झण्डै ६६ मिलियन पाउण्ड रकम उठेको थियो ।
विश्वभर खेल कार्यक्रम रद्व भएपछि लण्डन म्याराथन समेत स्थगित गर्ने निर्णय गरिएको हो ।