जापानका योसाकेलाई पोखरा म्याराथनको उपाधि
शनिबार, फागुन ३, २०७६खेलपाटी संवाददाता

पोखरा । जापानी धावक ताकानाशी योसाकेले १४ औं संकरणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् ।
पोखरामा शनिबार निर्धारित दुरी २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै योसाकेले उपाधि जितेका हुन् । योसाकेले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता नेपालका किरण सिंह बोगटीलाई पछि पार्दै उपाधि जितेका हुन् ।
दोस्रो भएका किरणले निर्धारित दुरी २ घण्टा २७ मिनेटमा ०८ सेकेण्डमा पुरा गरे । यस्तै तेस्रो भएका अनिश थापाले २ घण्टा २९ मिनेटको समय निकाले ।
उपाधिसँगै योसाकीले २ लाख नगद प्राप्त गरे । दोस्रो भएका किरणले १ लाख र तेस्रोले भएका अनिशले ७५ हजार प्राप्त गरे ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


