बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

होमलाई प्रधानसेनापति म्याराथनको उपाधि

शनिबार, ०३ फाल्गुण २०७६खेलपाटी संवाददाता
होमलाई प्रधानसेनापति म्याराथनको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् ।

शनिबार आयोजना भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा २२ मिनेटमा १७ सेकेण्डमा पुरा गर्दै होमले उपाधि जितेका हुन् । होमले साविक विजेता समेत रहेका आर्मीकै कृष्ण बस्नेतलाई पछि पारे ।

दोस्रो भएका कृष्णले २ घण्टा २३ मिनेट ४९ सेकेण्डको समय निकाले । यस्तै नवराज साउदले २ घण्टा २९ मिनेटमा ३६ सेकेण्डको समय सहित तेस्रो स्थान हासिल गरे ।

उपाधिसँगै होमले १ लाख २५ हजार नगद र मोटरसाइकल पुरस्कार प्राप्त गरे । दोस्रो भएका कृष्णले ६५ हजार र तेस्रो भएका नवराजले ३५ हजार प्राप्त गरे ।

आर्मीका ज्ञान प्रसाद भट्टराई र वेद सुनवार चौथो र पाँचौ भए । चौथोले २५ हजार र  पाँचौले १५ हजार प्राप्त गरे।

पुरुष हाफ म्याराथनको उपाधि तिर्थ पुनले जिते । भारतीय सेनाका तिर्थ पुनले १ घण्टा ५ मिनेट ५ सेकेण्डमा दुरी पुरा गरे । यस्तै आर्मीका खगेन्द्र भाटले १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गर्दा आर्मीका दीपक अधिकारीले १ घण्टा ७ मिनेट २ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे ।

महिलातर्फको हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितेकी छिन् । उनले निर्धारित दुरी १ घण्टा १७ मिनेट ०८ सेकेण्डमा पुरा गरिन् । पुलिसकी राजपुरा पछाईले १ घण्टा १८ मिनेट ३७ सेकेण्डको समय सहित दोस्रो स्थान हासिल गर्दा आर्मीकी विश्वरुपा बुढाले १ घण्टा २० मिनेट २२ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरिन् ।

हाफ म्याराथनतर्फ महिला र पुरुष दुवैतर्फका विजेता, उपविजेता र तेस्रोले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार प्राप्त गरे ।

हाफ म्याराथनको ४५ वर्षमाथि धर्म महर्जनले उपाधि जित्दा भिम बहादुर गुरुङ दोस्रो र भिमसेन अवाले तेस्रो भए । ४५ वर्षमाथिका विजेता, उपविजेता र तेस्रोले क्रमश: ४० हजार, २५ हजार र १५ हजार प्राप्त गरे ।

१० किमीको गैर सैनिकतर्फ सन्तोषनाथ योगी पहिलो, विष्णु कुमार तामाङ दोस्रो र सागर श्रेष्ठ तेस्रो भए । यस स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: १० हजार, ७ हजार र पाँच हजार पाए ।

१० किमीकै सैनिक सहचारी पुरुषमा भुपेन्द्र सिंह रावत, दिशेन घले र दुरा इमुरुगन क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: १० हजार, ७ हजार र पाँच हजार पाए ।

१० किमी अधिकृत पुरुषतर्फ नवराज थापा पहिलो हुँदा अजयजंग सुवेदी दोस्रो र चन्द्र बहादुर थापा तेस्रो भए । महिलातर्फ देवी पुन, रस्मिला अर्याल र सिता कुवँर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यस स्पर्धामा दुवैतर्फको पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: १० हजार, ७ हजार र पाँच हजार पाए ।

५ किमी छात्रतर्फ इश्वर चन्द्र बस्नेत पहिलो, प्रविणराज अधिकारी दोस्रो र सविन राई तेस्रो भए । छात्रामा स्वेच्छा बलामी मगर पहिलो, सुनिता श्रेष्ठ दोस्रो र रचना राना मगर तेस्रो भए । छात्र छात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुने खेलाडीले ५ हजार प्राप्त गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर