काठमाडौं । नेपाल प्रहरीकी नविता श्रेष्ठ र भारतकी ममता प्रभु तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा नविताले नेपाल आर्मीकी रविना महर्जन तथा ममताले प्रहरीकी एलिना महर्जनलाई समान ४–० को सोझो सेटमा पराजित गरे ।
ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजना तथा सम्झना क्लिनिकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष सिंलल्समा प्रहरीका श्यान्टु श्रेष्ठले एपीएफका अमरलाल मल्ललाई ४–१ तथा भारतका आदर्श ओम क्षेत्रीले काठमाडौंका चन्दन शाहीलाई ४–० ले हराउदै फाइनल भेट पक्का गरे ।
प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।