काठमाडौं । नेपालका रञ्जन सुब्बा र चन्दन शाहीले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको भेट्रानमा शनिबार स्वर्ण जितेका छन् ।
ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ वर्षमाथि फाइनलमा रञ्जनले भारतका विमलकुमार गुरुङलाई ११–८, ११–९, ५–११, ११–९, ११–१३ र ११–७ को सेटमा पराजित गरे । एभरेष्ट बैंकका गिरिश कोहली र डिल्लीबजारका इन्द्रशेखर खड्का तेश्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष ४० वर्षमाथि फाइनलमा चन्दनले नेपालका उमेश मानन्धरलाई ४–११, ११–९, १०–१२, ११–९, ११–५ र ११–६ को सेटमा हराए । नेपालका राजेश भट्टराई र कपुर शर्मा पौडेल संयुक्त रुप्मा तेश्रो बने ।
प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र खेलकुद प्रेमी एवं प्रतियोगिताका प्रायोजक मध्येका एक पूर्णशंकर श्रेष्ठले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे ।