एजेन्सी । अमेरिकी खेलाडी सोफिया केनिनले पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन् ।
मेलबर्नमा शनिबार भएको फाइनलमा स्पेनकी खेलाडी गार्बिन मुगुरुजालाई हराएर सोफिया च्याम्पियन बनेकी हुन् ।
उपाधि जित्ने क्रममा सोफियाले मुगुरुजालाई ४-६, ६-२ र ६-२ को सेटमा पराजित गरिन् ।
पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै सोफियाले उपाधि जितेकी हुन् ।
अष्ट्रेलियन ओपनको उपाधिसँगै सोफियाले करियरको पहिलो ग्राण्डस्लाम उपाधि जित्न सफल भएकी छिन् ।
पुरुषतर्फको उपाधिका लागि आइतबार नोभाक जोकोभिक र डोनिमिक थिमबीच प्रतिस्पर्धा हुनेछ।