काठमाडौं । प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुनको पहिलो साता आयोजना हुने भएको छ ।
नेपाली सेना अन्तर्गतको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गते हुने भएको छ ।
आर्मी अफिसर्स क्लबमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमझीले प्रतियोगिता आगामी फागनु ३ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने जानकारी दिए ।
प्रतियोगितामा पुरुषको फुल म्याराथन, महिला र पुरुषको हाफ म्याराथन,१० किमिको सैनिक सहचारी, सैनिक अधिकृत र गैर सैनिकको महिला र पुरुष दौडमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै पाँच किमिको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको लागि पाँच किमीको दौड हुनेछ ।
म्याराथनमा पहिलो हुने खेलाडीले १ लाख २५ हजार नगद पुरस्कार पाउने छन् । यस्तै १ सय ५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पनि पाउने बताईएको छ ।
त्यस्तै दोस्रोले ६५ हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैठाैले १० हजार, साताैले ७ हजार, आठौंले ५, नवौंले ३ र दशौँले २ हजार पाउने छन् ।
हाफ म्याराथनतर्फ ४५ वर्षसम्मका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाउनेछन् । हाफ म्याराथनको ४५ वर्षमाथि उमेर समूहका खेलाडीले ४० हजार, २५ हजार र १५ हजार पाउनेछ ।
१० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश १० हजार, ७ हजार र पाँच हजार पाउने छन् ।
पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुने खेलाडीले पाँच हजार पाउने छन् ।