काठमाडौँ । तेस्रो संस्करणको खुला अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता 'सम्झना कप' शनिबार हुने भएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता ८ दिनसम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल सहित भारत, दक्षिण कोरिया र पाकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् ।
कुल ५ सय २४ खेलाडीले ४ स्वर्ण, १४ रजत र २८ कास्य पदकको प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता लैनचौरस्तिथ राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगितामा पुरुष र महिला गरी १४ विधामा रहेका छन् ।
पुरुष एकल (ओपन), महिला एकल (ओपन), पुरुष भेट्रान एकल (४० वर्ष माथि), पुरुष भेट्रान एकल (५५ वर्ष माथि), पुरुष एकल (कलेज), मैला एकल (कलेज), ब्वाइज एकल (१६ वर्ष मुनि), गल्स एकल (१४ वर्ष मुनि), ब्वाइज एकल (१२ वर्ष मुनि), गर्ल्स एकल (१२ वर्ष मुनि), गल्स एकल (१० वर्ष मुनि) र ब्वाइज एकल (१० वर्ष मुनि) स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
ओपन इभेन्टमा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रुपैया प्राप्त गर्ने छन् । यस्तै भेट्रान एकलमा विजयी हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैया प्राप्त गर्ने छन् ।
प्रतियोगिताको अन्तिम दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेबल टेनिसमा पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियललाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने समेत आयोजकले जनाएको छ ।
टेबल टेनिसतर्फ सम्झना कप सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।