काठमाडौं । किशोर राईको अध्यक्षमा प्रदेश एककाे प्रादेशिक फुटबल संघ गठन भएको छ ।
प्रदेश कमिटिमा प्रवेश सुवाल, गणेश राई, दिपक श्रेष्ठ र सुरेश साह उपाध्यक्ष रहेका छन् ।
भगिरथ आले महासचिव, प्रदीप श्रेष्ठ कोपाध्यक्ष र नविन राई सचिवमा निर्वाचित भएका छन् ।
कमिटिको सदस्यमा गोबिन्द राई, राजन कार्की, मुकेश दाहाल, देवेन्द्र वास्तोला, शेखर राई, दिनेश बस्नेत, अनुरोध थापा, समर राई, सुदिप उप्रेती, दुर्गा श्रेष्ठ, कौशिला सुब्बा र आशा राई रहेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङको प्रमुख आतिथ्यतामा प्रादेशिक फुटबल संघ गठन भएको हो ।
कार्यक्रममा अध्यक्ष शेर्पाले फुटबल विकासमा प्रदेश कमिटिको भूमिका र प्रदेश कमिटिले गर्नुपर्ने कामको बिषयमा धारणा राखेका थिए ।
यसअघि गण्डकी प्रदेशको कमिटि गठन भएको थियो ।
विधानमै संघीय संरचना अनुसार संघलाई लैजाने बिषय उल्लेख गरेपनि एन्फाले प्रादेशिक गठनमा ढिलाई गर्दै आएको छ ।
एन्फाले प्रदेश एकसंगै गण्डकी प्रदेशको मात्र संघ गठन गरेको छ ।
प्रदेशको कमिटि गठन नहुँदा एन्फाले सञ्चालन गरेको फुटबल गतिविधि प्रभावकारी हुन सकेको छैनन् भने योजना कार्यान्वयनमा समेत कठिनाई हुदै आएको छ ।