काठमाडौं । चन्द्रागिरी नगरपालिका र गोकर्णेश्वर नगरपालिका राजधानीमा जारी महानगर कप भलिबल अन्तर्गत महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरी समूह 'ए' बाट सेमिफाइनलमा पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा चन्द्रागिरीले ललितपुरलाई २५-१८,१४-२५,२५०२१,१८-२५ र १५ -११ को सेटमा पराजित गर्यो ।
जितसँगै चन्द्रागिरी समूह 'ए' समूह विजेता बन्यो । चन्द्रागिरीले ६ अंक जोड्यो । ललितपुर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरले ३ अंक जोड्यो ।
यस समूहबाट बनेपा र गुप्तेश्वर बाहिरिएको छ ।
अब चन्द्रागिरीले सेमिफाइनलमा विदुर नगरपालिकासँग खेल्नेछ । ललितपुरले गोकर्णेश्वरसँग खेल्नेछ ।
गोकर्णेश्वर ९ अंक जोडेर समूह 'बी' को विजेता बन्यो । ६ अंक जोडेको विदुर उपविजेता बन्यो । यस समूहबाट टोखा र हेटौडा बाहिरिएको छ ।
मंगलबार गोकर्णेश्वरले टोखालाई २५-१५,२५-५ र २५-१५ ले हराएको थियो । यस्तै हेटौडाले विदुरलाई २५-१८,२५-१७ र २५-२३ ले पराजित गर्यो ।
पुरुषतर्फ क्वाटरफाइनल समीकरण पुरा भएको छ ।
पुरुषको क्वाटरफाइनलमा चौतारा नगरपालिकाले बनेपा नगरपालिकासँग खेल्नेछ ।
कागेश्वरी मनोहराले ललितपुर महानगरपालिकासँग खेल्नेछ । त्यस्तै महालक्ष्मीले गोकर्णेश्वर तथा कमलामाईले पनौतीसँग खेल्नेछ ।
मंगलबार भएको पुरुषतर्फको खेलमा कागेश्वरीले बनेपालाई २५-२०,२६-२८,२६-२४ र ३१-२९ ले हराएको छ ।
अर्को खेलमा कागेश्वरीले गोदावरीलाई २५-२०,२५-२१, २२-२५ र २५-२१ ले हराएको छ ।
ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् ।
यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।