काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रादेशिक क्रिकेट संघ र जिल्ला क्रिकेट संघलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
क्यानको आइतबार बसेको बैठकले कार्यालय स्थापनाको प्रदेश र जिल्ला संघलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
क्यानले प्रदेशलाई ३/३ लाख र जिल्लालाई १/१ लाख रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
यस्तै क्यानले दैनिक कार्य सम्पादन सहज बनाउन पाँच सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरेको छ ।
समितिमा अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रिय सदस्य अमितवीर पाण्डे रहेका छन् ।
त्यस्तै राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण पोखरामा शुक्रबारबाट गर्ने निर्णय गरेको छ ।