काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका र कमलामाई नगरपालिकाले महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा आइतबार पुरुषतर्फको खेलमा महालक्ष्मीले पनौती नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
महालक्ष्मीले पनौतीलाई २५-१४,२५-२३ र २५-२१ को सेटमा पराजित गर्यो ।
पुरुषतर्फ नै अर्को खेलमा कमलामाईले गोकर्णेश्वर नगरपालिकालाई ३-० को सेटमा हरायो । कमलामाईले गोकर्णेश्वरमाथि २५-२१,२५-१८ र २५-१९ को सेटमा जित निकाल्यो ।
महिलातर्फ हेटौडाले टोखालाई २५-१७, २५-२१ र २५-१७ को सेटमा हराएको छ ।
अर्को खेलमा गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५-१७,२५-११ र २५-५ ले हराएर विजयी सुरुवात गरेको छ ।
ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमको सहभागिता रहेको छ ।
ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् ।
यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।