काठमाडौं । नेपाली पुरुष भलिबल टिमका स्पाइकर मानबहादुर श्रेष्ठ सम्मिलित गुडिस स्पोर्ट्स क्लब माल्दिभ्सको पुरुष भलिबल लिगमा पराजित भएको छ ।
मालेमा शनिबार राति भएको दोस्रो चरणको खेलमा गुडिस आर्मी क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
आर्मीले गुडिसलाई २५-२१,२५-१७ र २५-१७ को सेटमा पराजित गरेको हो ।
अर्का नेपाली खेलाडी विकास गुरुङ रहेको टिम सिटी स्पोर्ट्स पुलिस क्लबसँग ३-० कै सेटमा पराजित भएको छ ।
पुलिसले सिटीलाई २५-२२,२६-२४ र २५-२३ ले पराजित गरेको हो ।