काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सेभ द मिसनले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई सागको प्रतिवेदन बुझाएको छ ।
सागको सेभ द मिसन पिताम्बर तिम्सिना र पोखराको सेभ द मिसन तेज बहादुर गुरुङले एनओसी अध्यक्ष जीवन राम श्रेष्ठलाई बुधबार साग खेलकुदको प्रतिवेदन बुझाएका हुन् ।
सेभ द मिसनको प्रतिवेदन बुझ्दै अध्यक्ष श्रेष्ठले सबैको सहयोग र साथले साग खेलकुद सोचेको भन्दा राम्रो गर्न सकेको बताए ।
यस्तै सेभ द मिसन तिम्सिनाले आफुलाई जिम्मेवारी दिएकोको एनओसीलाई धन्यवाद दिए ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा एनओसी उपाध्यक्ष ज्योति राणा, सुनिल श्रेष्ठ, चतुरानन्द बैद्य, अशोक रत्न बज्राचार्य, महासचिव निलेन्द्र श्रेष्ठ, सचिब दिपक हर्ष बज्राचार्य लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
नेपालमा सम्पन्न सागमा नेपालले ५१ स्वर्णसहित कुल २ सय ६ पदक जितेको थियो ।