काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ‘एम फर द स्टार’ प्रशिक्षण बिहीबार सम्पन्न भएको छ ।
एसियन टेबलटेनिस युनियन (एटीटीयु) को डेभलोप्मेन्ट कार्यक्रमअन्तर्गत भएको प्रशिक्षणमा समान ६–६ पुरुष÷महिला गरी १२ जनाको सहभागिता रहेको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
पाँचदिने प्रशिक्षण एटीटीयुका विज्ञ अन्सुलले सञ्चालन गरेका थिए । यु–१९ उमेरसमूहका सहभागीहरुलाई आयोजक संघका अध्यक्ष चतुरानन्द राज वैद्यले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।