काठमाडौं । १३ औं संस्करणको काठमाडौं म्याराथनको महिलातर्फको उपाधि एपीएफ क्लबकी कान्छीमाया कोजुले जितेकी छिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै कान्छीमायाले उपाधि जितेकी हुन् ।
यससँगै कान्छीमायाले काठमाडौं म्याराथनमा लगातार तेस्रो वर्ष उपाधि जित्दै ह्याट्रिक पुरा गरेकी छिन् । समग्रमा भने कान्छीमायाको पाँचौ उपाधि हो ।
कान्छीमायाले यस अघिका दुई संस्करणको उपाधि समेत जितेकी थिइन् ।
महिलातर्फ सरिता बासी दोस्रो भईन् । आर्मीकी सरिताले ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा पूरा गरिन् ।
निर्जला ताम्राकार तेस्रो भईन् । निर्जलाले ३ घण्टा ४५ मिनेट ४७ सेकेण्माड दौड पूरा गरिन् ।
प्रो स्पोर्टस प्रालिले आयोजना गरेको म्याराथनतर्फ विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरे ।
म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्भडोल, पाटन गेट, चकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो ।