काठमाडौं । भारतमा चर्चित फिटनेश ब्राण्ड गुरु मान शेरु अन्ग्रिस (जेएमएसए) फिटनेश एकेडेमी नेपालमा पनि संचालनमा आएको छ ।
काठमाडौंको न्यूरोडस्थित पिपुल्स प्लाजामा जेएमएसए फिटनेश एकेडेमी बुधबारबाट संचालनमा आएको हो ।
भारतीय फिटनेश आईकन गुरु मान, शेरु हर्मित अंग्रिस र हेमन्त अन्ग्रिसको नाममा रहेको जेएमएसए एकेडेमी पहिलो पटक नेपाल भित्रिएको हो । एकेडमीको उद्घाटन शेरु हर्मितले गरेका थिए।
नेपालमा ज्ञानेन्द्र मल्ल र चन्द्र मान तामाङले जेएमएसए एकेडेमी संचालनमा ल्याएका हुन् । दुबै सञ्चालक जेएमएसएको एकेडेमीबाट मान्यता प्राप्त फिटनेश ट्रेनर हुन् । मल्ल र तामाङले नेपाली बडिबिल्डरहरुलाई कोर्ष गराउनेछन् ।
नेपालमा पहिलो पटक संञ्चालनमा ल्याएका ज्ञानेन्द्र मल्ले यसको विकास गर्दै देशभरी रहेका हेर फिटनेश एकेडेमीमा एक एक ट्रेनर राख्ने लक्ष्य एकेडेमीको रहेको खेलपाटीलाई बताए ।
‘हाम्रो लक्ष्य भनेको देशभर रहेका फिटनेश सेन्टरमा सर्टिफाइट ट्रेनर हुनुपर्छ भन्ने मान्यता हो । त्यसैको सुरुवात हो । हामी कहि बर्षमा यो पुरा पनि गर्छाै ।’ उनले भने ।
भारतको पंजाब लुधियानाबाट सुरुभएको यस फिटनेश एकेडेमी हाल १६ ब्राण्ड रहेका छन् । जुन नेपाल एक पनि पर्छ ।
फिटनेश कोर्षमा सर्टिफाइड नेट्रुसन कोच, सर्टिफाइड पर्सनल ट्रेनिङ र कोम्बो कोर्ष हुनेछ ।