काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ ।
सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलकाे बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो ।
साग आयोजनाका लागि पाकिस्तानबाट पाकिस्तान ओलम्पिक काउन्सिलकाे अध्यक्ष बैठकमा आएका थिए ।
बैठकले ६ महिना भित्र सरकारकाे सहमती ल्याउन पाकिस्तानकाे ओलम्पिक कमिटिलाई समय दिएकाे छ ।
६ महिना भित्र पाकिस्तानले साग ओलम्पिक काउन्सिलकाे बैठक समेत राख्न पर्नेछ ।
पाकिस्तानले यसअघि साग आयोजना गर्न तयार रहेकाे पत्र साग काउन्सिललाई पठाएकाे थियाे ।
आयोजकको हिसाबले नेपालपछि साग गर्ने पालाे पाकिस्तानकाे नै रहेको छ ।