काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोका पदक विजेता खेलाडीलाई किंग्स लाउन्जले विशेष सम्मान गरेको छ ।
काठमाडौंको दरबारमार्गमा अवस्थित लाउन्जले आईतबार साँझ एक कार्यक्रमको आयोजना गरेर पदकधारी खेलाडी र अफिसियललाई विशेष सम्मान गरेको हो ।
१३ औं सागमा तेक्वान्दोले ऐतिहासिक प्रर्दशन गर्दै १२ स्वर्ण, ६ रजत र ११ कास्य जितेको थियो ।
किंग्स ग्रुपका अध्यक्ष रामचन्द्र श्रेष्ठ र कार्यकारी अधिकृति (सिईयो) कुमार गुरुङ्गले पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा तेक्वान्दोले हासिल गरेको सफलताको खुसीयालीमा विशेष केक समेत काटिएको थियो ।
दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक प्रर्दशन गरेका खेलाडीलाई हौसला बढाउने उद्वेश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको लाउन्जका सिईयो गुरुङले बताए ।
खेलाडीले विभिन्न अभावका बीच राष्ट्रलाई पदक र सफलता दिएका छन् । उनीहरुलाई आत्मविश्वासलाई अझ उचो राख्न सानो प्रयास हामीले गरेका हौ । गुरुङले भने ।
लाउन्जले सबै खेलका पदक विजेता खेलाडी तथा अफिसियललाई क्रमैसंग सम्मान गर्ने जनाएको छ ।
किंग्स ग्रपले घरेलु खेलकुदमा अन्तराष्ट्रिय सफलता हासिल गर्ने खेलाडी र अफिसियललाई सम्मान र सहयोग गर्दै आएको छ ।
यसअघि समेत लाउन्जले राष्ट्रिय फुटबल टिमको पुरुष र महिला टिमका खेलाडीलाई सम्मान गरेको थियो ।