काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्य कास्य पदकमा सिमित भएका छन् ।
लैनचौरस्थित टेबलटेनिस हलमा शुक्रबार सेमिफाइनलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्यमा चित्त बुझाएका हुन् ।
तर, नेपालको लागि यो सिंगल्समा ऐतिहासिक कास्य हो । यस अघि नेपालले पुरुष सिंगल्समा कास्य जितेको थिएन ।
सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनिसँग ४-० ले पराजित भए । स्यान्टुलाई अमलराजले ११-४,१२-१०,११-८ र ११-२ ले हराए ।
अर्को सेमिफाइनलमा पुरुषोत्तम बज्राचार्य भारतका हर्मित देशाईसँग ४-० ले नै पराजित भए । पुरुषोत्तमले ११-५,११-४,११-१ र ११-४ को हार व्यहोरे ।