काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पाँचौं दिन बिहिबार नेपालले स्वर्ण पदकमा अर्को ऐतिहासिक कोशेढुंगा पार गर्यो ।
नेपालले बिहिबार एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्दै कीर्तिमान बनाएको हो । सागको पाँचौ दिनसम्म नेपालले कुल ३९ स्वर्ण जित्यो । र, यस अघि रहेको ३१ स्वर्णलाई कीर्तिमानलाई भंग गर्यो ।
साइक्लिङको पुरुष क्रस कन्ट्रीमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेपछि नेपालले ३२ स्वर्ण जितेर कीर्तिमान कायम गरेको हो ।
सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा नेपालले ३१ स्वर्ण जितेको थियो । त्यसको चार संस्करणपछि नेपालले सर्वाधिक स्वर्ण जितेको हो । नेपालले बुधबार मात्र स्वर्णमा शतक पुरा गरेको थियो ।
स्वर्णमा नेपालले कीर्तिमान बनाउदा बिहीबार नेपाली चेलीहरुले स्वर्ण पदकमा वर्चस्व जमायो । नेपालले जितेको कुल स्वर्णमा पाँच स्वर्ण महिला खेलाडीले जिते ।
पौडीमा नेपालकी गौरिका सिंह, उसुमा निमा घर्ति मगर र भारोत्तोलनमा सन्जु चौधरीले ऐतिहासिक स्वर्ण जितिन् । यस्तै साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण जितिन् ।
पुरुषमा साइक्लिङका वुद्धि बहादुर तामाङ र तेक्वान्दोमा भुपेन श्रेष्ठले स्वर्ण जिते ।
१३ औं सागमा स्वर्ण जित्ने खेलाडीको नामावली :
कराते :
मण्डेकाजी श्रेष्ठ (एकल काता)
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )
निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)–
लक्ष्मण तामाङ (५५ केजी कुमुते)
विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)
कुसुम खड्का (४५ केजी मुनी)
अनु अधिकारी (५० केजी मूनि)
नवीन रसाइली (६७ केजी)
सुनिता महर्जन (६८ केजी)
अनुपमा मगर (६८ केजी)
तेक्वान्दो :
कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )
सिना मादेन लिम्बु ( १७ –२३ वर्ष पुम्से )
पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से )
आयशा शाक्य (२९ वर्ष माथि पुम्से )
आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से )
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)
निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)
काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)
वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)
संगीता बस्याल (६२ केजी मुनि गेरुगी)
सक्षम कार्की (८७ केजी गेरुगी)
भुपेन श्रेष्ठ (८७ गेरुगी)
ट्रायथलन :
सोनी गुरुङ
हिमाल टमाटा
उसु :
विजय सिन्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दीपक हमाल (थाउलो)
निमा घर्तीमगर (थाउलो-नान्दौ)
जुनी राई (सान्डा सान्सो)
एथलेटिक्स :
सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
साइक्लिङ :
राजेश मगर (डाउनहिल)
निश्मा श्रेष्ठ (डाउनहिल)
लक्ष्मी मगर (क्रस कन्ट्री)
वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)
पौडी :
गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)
भारोतोलन :
सन्जु चौधरी (५९ केजी )