काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङमा भारतले आफ्नो दबदवा कायमै राखेको छ ।
सातदोबाटोस्थित सुटिङ रेञ्जमा बिहीबार १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ । भारतका पंकज कुमारले २४९.२ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै किरण अंकुश जाधवले रजत पदक जिते । उनले २४८.७ अंक स्कोर गरेका थिए ।
यसैगरी २२८.० अंकका साथ बंगलादेशका अब्दुल बकीले कास्य पदक जित्न सफल भए । पाकिस्तानका अदिल गुफ्रिन २०६.१ अंकसहित चौथो स्थानमा रहँदा भारतका एस बद्र्धान १८५.७ अंकसहित पाँचौं स्थानमा थिए । यस्तै पाकिस्तानका फरिद जिहान उल साकिर १६४.४ अंकसहित छैटौं स्थानमा रहँदा बंगलादेशका मोहम्मद रोवुल इस्लाम १४१.३ अंक सहित सातौं स्थानमा रहे । अन्तिम आठमा भने श्रीलंकाका विरन्था के.वाई.के ११६.५ अंकका साथ रहेका थिए ।
व्यक्तितग प्रदर्शनका आधारमा नेपालका अर्नव घिमिरे छनोट चरणको १४ औं स्थानमा थिए । उनले ५८६.७ अंक बनाएका थिए । १५ औं स्थानमा ५८६.६ अंकसहित हरिबहादुर थापा रहेका थिए भने अर्का नेपाली खेलाडी कुमार कार्की ५७०.५ अंकसहित १७ औं स्थानमा रहँदै छनोट चरणको यात्रा पार गर्न सकेनन् ।
यस्तै टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जितेको छ । भारतका एस बद्र्धन, किरण अंकुस जाधव पंकज कुमारको समूहले १८७५.८ अंकसहित स्वर्ण पदक जितेका हुन् । यस इभेन्टसमा रजत पदक भने पाकिस्तानले जितेको छ । पाकिस्तानका लटिफ अक्वि, फरिद जिहान उल सकिर र अदिल गुफ्रनको जोडीले रजत पदक जितेको हो । उनीहरुले १८४६.४ अंक जोडेका थिए । यस्तै कास्य पदक भने बंगलादेशले जितेको छ । बंगलादेशका मुन्ना मोहम्मद रवि हसन, मोहम्मद रुवेल इस्लाम र अव्दुल्लाह बकीको जोडीले कास्य जितेको हो ।
सुटिङमै ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतले स्वर्ण पदक जितेको छ । यस्तै टिम इभेन्टमा पनि भारतलनै स्वर्ण पदक कव्जा जमाउन सफल भयो ।
भारतकी सुनिधि चौहान, काजल सैनी र गायत्री निथ्यानन्दमको समूहले ३५०४ अंकसहित स्वर्ण पदक जितेको हो । यसैगरी बंगलादेशको टिमले रजत पदक जित्न सफल भयो । बंगलादेशका उमि जकिया सुल्ताना,सायद अटिका हसनले ३३९८ अंकसहित रजत पदक जितेको हो ।
यसैगरी श्रीलंकाका इडवेला मलवादम, प्रियानाथ कापुगेडरा र कभान्डिका कंकागीको समूहले ३३८२ प्वाइन्टका साथ कास्य पदक जितेको थियो ।
व्यक्तिगत स्पर्धामा भारतकै तीन जना महिला खेलाडीले बाजी मारे । गायत्री निथ्यानन्दमले ४५३.९ अंकका साथ स्वर्ण पदक जित्दा सुनिधि चौहानले ४५० अंकका साथ रजत र भारतकै काजल सैनीले ४३६ अंकका साथ कास्य पदक हात पारिन ।