पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले ऐतिहासिक स्वर्ण जितेकी छिन् ।
महिला ५९ केजी तौल समूहमा सन्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
सन्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ स्वर्ण जित्न सफल भएकी हुन् ।
यस सँगै सन्जु सागमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन् ।
प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन् ।
महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो । त्यस्तै बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य जित्न सफल भए ।
भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा १०५ सहित १८१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् ।
बंगलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार बहन गरेका हुन् ।
बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो ।
पुरुषमा तुलाराम महतोले कास्य जिते । ५५ केजी तौल समूहमा उनी कास्यमा सीमित भएका हुन् । सागको यो पहिलो सहभागितामा उनले स्न्याचमा ० र क्लीन एण्ड जर्कमा ९ गरी कुल १७८ भार बहन गरेका हुन् ।
नेपाल सहित श्रीलंका र बंगलादेशले मात्र भाग लिएको ५५ केजी तौल समूहमा श्रीलंकाका वाईडीआई कुमाराले स्वर्ण र बंगलादेशका राजकुमार रायले रजत पदक जित्न सफल भए । कुमाराले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० गरी २३५ किलो भार बहन गर्दै स्वर्ण जितेका हुन् भने रायले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०४ गरी कुल १०४ बहन गरेका हुन् । रायले नेपाली खेलाडीलाई क्लीन एण्ड जर्कमा मात्र ६ किलोले पछि पारेका थिए । महतो र रायको स्न्याचमा समान ८० किलो भार बहन थियो ।
यस्तै, ६१ केजी तौल समूहमा भारतीय खेलाडीले स्वर्णमा आफ्नो नाम लेखाए । सिद्धान्त गोगोईले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १४९ गरी २६४ भार बहन गर्दै मात्र १ किलो तौल समूहले श्रीलंकन खेलाडीलाई पछि पारेका हुन् । श्रीलंकाका पालुगासिंघेले स्क्याचमा ११८ र क्लीन एण्ड जर्कमा १४५ सहित कुल १६३ भार बहन गरेका थिए ।
बंगलादेशका मोस्टाइन बेलाले कुल २३५ केजी लिफ्ट लिँदै कास्य जिते । उनले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० केजी भार बहन गरेका थिए ।