काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् ।
गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा बिहिबार क्रस कन्ट्रीमा लक्ष्मीले स्वर्ण जितेकी हुन् ।
लक्ष्मीले क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा निर्धारित दूरी १ घण्टा २० मिनेट २० सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् ।
नेपालकी उषा खनालले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डको समय निकाल्दै रजत जितिन् ।
भारतकी प्रनिता प्रफुलले १ घण्टा ३६ मिनेट २९ सेकेण्डसहित कास्य जितिन् ।
बुधबार भएको डाउनहिलमा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका थिए ।
योसँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ । र, नेपालले आठौं सागको जितेको ३१ स्वर्णसँग बराबरी गरेको छ ।