पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ट्रायथोलनको अन्तिम दिन बुधबार नेपालले रजत जितेको छ ।
मिक्स टिम रिलेमा नेपालले १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हासिल गरेको हो । नेपालको तर्फबाट सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुले सहभागिता गरेका थिए ।
योसँगै ट्रायथोलनमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेको छ ।
यस्तै भारतले स्वर्ण जित्यो । भारतको टिमले निर्धारित दुरी १ घण्टा ३५ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हासिल गरेको हो ।
श्रीलंकाको टिमले १ घण्टा ४१ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझायो ।
मिक्स टिम रिले ट्राईयाथलनका लागि ३ सय मिटर दुरीको पौडी, ७.५ किलोमिटरको साईकिलिङको दुरी र २.५ किलोमिटर दुरीको दौड तय गरिएको थियो ।