काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले कबड्डीमा ऐतिहासिक जित निकालेको छ ।
बुधबार बिहान भएको खेलमा नेपालको महिला टिमले बंगलादेशमाथि ऐतिहासिक जित दर्ता गरेको हो ।
जितसंगै नेपालले कम्तिमा कास्य पदक पक्का गरेको छ ।
एपीएफको हलचोकस्थित कोर्टमा भएको खेलमा नेपालले बंगलादेशलाई ३६–२५ ले हरायो ।
महिला टिमकी अनुजा राईले सर्वाधिक ८ अंकको स्कोर गरिन् ।
नेपालले पछिल्लो २० बर्षमा बंगलादेशमाथि पहिलो जित दर्ता गरेको हो ।
महिलाकै अर्को प्रतिस्पर्धामा भारतले श्रीलंकालाई ५४–५३ को साँघुरो अन्तरले हरायो ।
पुरुषमा बंगलादेशले नेपाललाई ४३–१५ ले पाखा लगायो । अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि २९–२७ को कठिन जित दर्ता गर्यो ।
पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन् । पुरुषमा सहभागी अर्को राष्ट्र भारत हो । पुरुष÷महिला दुवैमा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल मंसिर २३ गते हुने छ ।