शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

साग विशेष : टेटेमा नतिजा सुधारको आश

आइतबार, ०८ मंसिर २०७६विश्वास थापा
साग विशेष : टेटेमा नतिजा सुधारको आश
mustang rice ad

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा टेबल टेनिस सन् १९८७ बाट मात्र सुरु भयो । सूरुवाती दुई संस्करणमा टेबल टेनिसलाई समावेश गरिएको थिएन ।

टेबल टेनिसले साग ईतिहासमा १९ पदक हात पारेको छ । जसमा १ स्वर्ण, ३ रजत र १५ कास्य पदक छन् ।

सन् १९९१ मा गीता क्षेत्री, सिर्जना शाह, पुजा थापा र निलम तुलाधरले महिला टिम इभेन्टको फाइनलमा भारतलाई हराउँदै स्वर्ण जितेका थिए । साग ईतिहासमा टेबल टेनिसले हात पारेको सबै भन्दा ठुलो उपलब्धि त्यही हो ।

सागको चार संस्करण नेपाल पदक विहिन भएर बस्यो । सन् १९९३, १९९५, २००४ र २०१६ मा नेपालले कुनै पदक जित्न सकेन ।

तयारी –

घरेलु भुमीमा हुन लागेको सागमा टेबल टेनिसले ठुलो लक्ष्य राखेको छ । स्वर्ण जित्ने लक्ष्य सहित नेपाली टिमले तयारी गरिरहेको छ । तर लक्ष्य भेटाउन नेपाललाई सहज भने छैन । नेपालको मुख्य चुनौती भारत हो । भारतले पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा ठुलै फड्को मार्दै आएको छ ।

’भारतको खेलाडी सबै ए ग्रेडका छन् ।’ अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यले भने, ’अन्य राष्ट्रका खेलाडी लगभग हाम्रै स्तरका हुन् । त्यसैले स्वर्ण बाहेक अन्य पदकमा ध्यान छैन ।’

अन्य राष्ट्रले समेत लामो समयदेखि तयारी गरेकाले साग प्रतिस्पर्धात्मक हुने बैद्यले प्रष्ट पारे ।

नेपालले पछिल्ला भेटमा भारतलाई राम्रो चुनौती दिएको कारण भारतीय खेलाडी समेत नेपाललाई सहज प्रतिद्वन्दीको रुपमा लिएका छैनन् ।

’अघिल्लो साग तथा एसियन गेम्समा राम्रो खेलेका थियौं । खेलमा पराजित भए पनि सबैले खेलको प्रशंसा गरेका थिए ।’ उनले थपे, ’त्यसैले नेपालसंग भारतीय खेलाडीले चुनौतीको महशुश गरेका छन् ।’

घरेलु कोर्टमा आफ्ना समर्थक अगाडी हुने भएकाले त्यसको फाईदा उठाउने लक्ष्य राखेको वैद्य बताउँछन् ।

नेपालले हाल बैंककमा ४ प्रशिक्षकको साथमा प्रशिक्षण गरिरहेको छ । टेबल टेनिसको कमजोर पक्ष भनेको लगानीनै हो । पछिल्लो दुई वर्षबाट तयारीमा रहेपनि बजेट अभावले अन्तराष्ट्रीय स्तरको तयारी गर्न नपाएको वैद्य बताउँछन् ।

सागमा टेबल टेनिसतर्फ ७ विधामा प्रतिस्पर्धा हुनेछ । एकल, डबल र टिममा महिला÷पुरुष दुवैको हुनेछ । महिला र पुरुषको मिक्स डबल इभेन्ट हुनेछ । ७ स्वर्णका लागि प्रतिस्पर्धा हुने टेबल टेनिस डिसेम्बर २ देखि ६ सम्म चल्ने छ ।

टेबल टेनिस संघले सागका लागि १० खेलाडी छनोट गरेको समेत गरिसकेको छ ।

पुरुष – स्यान्टु श्रेष्ठ, विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली ।

महिला – नविता श्रेष्ठ, रविना महर्जन, दिक्षा तामाङ, एलिना महर्जन र सिका सुवाल ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Bajaj Pulsar Motorcycle Ad
आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

मच्छिन्द्र फर्किए प्रवेश

मच्छिन्द्र फर्किए प्रवेश

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’