काठमाडौं । त्रिभुवन आर्मी क्लबका नवराज साउदले पाँचौ संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।
शनिबार भएको म्याराथनमा २ घण्टा २५ मिनेट ४२ सेकेन्डको समय निकाल्दै साउदले उपाधि जितेका हुन् ।
यस्तै आर्मीकै खगेन्द्र भाट २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुँदा २ घण्टा २९ मिनेट १४ सेकेन्डको समयसहित राजेन्द्र राउत तेस्रो भए ।
उपाधिसँगै साउदले ६५ हजार प्राप्त गरे । यस्तै भाटले ३५ हजार र राउतले २५ हजार प्राप्त गरे ।
त्यस्तै म्याराथनमा रामप्रसाद भट्टराई चौथो, देवराज महतरा पाँचौ, गणेश ठकुरी छैटौं र शेरबहादुर थारू सातौं भएका थिए। चौथोले १५ हजार, पाँचौँले १० हजार, छैटौँले ८ हजार, सातौँले ६ हजार पाएका छन् ।
महिला हाफ म्याराथनको उपाधि आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले जितिन् । उनले १ घण्टा ३० मिनेट २१ सेकेन्डमा दूरी पुरा गरिन्।
जुम्लाकी राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेन्डमा दूरी पार गरेर दोस्रो र एपीएफकि कृष्णेश्वरी सिम्कलाले १ घण्टा ३३ मिनेट ४८ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भईन् ।
हाफ म्याराथनतर्फ पहिलो भएकी बुढाले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार प्राप्त गरिन् ।
खुल्ला १० किलोमिटरमा अजितकुमार यादव च्याम्पियन बने । यस्तै रामजी बस्नेत दोस्रो र सन्तोष विक्रम विष्ट तेस्रो भए । उनीहरूले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ प्राप्त गरे ।